बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण « Khabarhub

बन्दीपुरको विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– तनहुँको पर्यटकीय नगरी बन्दीपुरको विकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराइएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको नेतृत्वमा सोमबार बालुवाटारमा भएको भेटमा गण्डकी प्रदेशकै दोस्रो पर्यटकीय गन्तव्यको रूपमा रहेको बन्दीपुरको समग्र विकासका लागि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराइएको हो । 

आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको बन्दीपुरलाई पर्यटनको केन्द्रबिन्दु बनाउन सरकारको तर्फबाट सहयोग गरिदिन गाउँपालिकाका अध्यक्ष थापाले प्रधानमन्त्री देउवासमक्ष आग्रह गरे । 

भेटमा सहभागी नेपाली काङ्ग्रेसका नेता स्थानीय रेशम गुरुङका अनुसार प्रधानमन्त्री देउवाले बन्दीपुरलाई पर्यटकीय गन्तव्यको रूपमा थप विकास गर्न सरकारको सहयोग रहने प्रतिबद्धता जनाएका छन्  । 

 उक्त भेटवार्तामा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, गाउँपालिकाका उपाध्यक्ष पञ्चमाया गुरुङ, क्षेत्रीय होटेल सङ्घ बन्दीपुरका पूर्व अध्यक्ष वैश गुरुङ लगायतको सहभागिता थियो ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ३ : ३२ बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल