गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न पहल गर्छौँ : अध्यक्ष दाहाल « Khabarhub

गैरआवासीय नेपालीको नागरिकताको समस्या समाधान गर्न पहल गर्छौँ : अध्यक्ष दाहाल


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपालीको नागरिकतासम्बन्धी समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन् ।

अध्यक्ष दाहालको निवास पुगेका गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डललाई आज अध्यक्ष दाहालले भने,“गैरआवासीय नेपालीको समस्याका बारेमा हामीले पहिलेदेखि नै आवाज उठाउँदै आएका थियौँ र अहिले पनि हाम्रै पहलमा सदनमा पेस भएको नागरिकतासम्बन्धी विधेयक पास गराई समस्याको समाधानका लागि प्रतिबद्ध छौँ ।”

भेटवार्तामा गैरआवासीय नेपाली सङ्घको प्रतिनिधि मण्डलले नागरिकता समस्यासहितका विषय समावेश गरी सदनमा पेस भएको नागरिकता विधेयक ल्याउनमा माओवादी पार्टीका तर्फबाट भएको पहलका लागि धन्यवाद दिँदै विधेयक सदनबाट पास गराएर गैरआवासीय नेपालीको अधिकार सुनिश्चित गर्न पहलका लागि अनुरोध गरेको थियो । भेटघाटमा पार्टीका  वरिष्ठ नेता नारायणकाजी श्रेष्ठको पनि उपस्थिति थियो भने सङ्घका तर्फबाट संस्थापक अध्यक्ष उपेन्द्र महतो, अध्यक्षद्वय कूल आचार्य र डा बद्री केसी, उपाध्यक्ष महेश श्रेष्ठ, युरोपका क्षेत्रीय संयोजक चिन्तामणि सापकोटा, रमेश काफ्ले लगायतको उपस्थिति थियो ।

एमाले नेतालाई स्वागत 

यस्तै, आजै अध्यक्ष दाहालले नेकपा (एमाले) मध्यपुर थिमी नगर कमिटी सदस्य बेदप्रसाद खरेलसहितका नेता कार्यकर्तालाई माओवादीमा स्वागत गरेका छन्। सो अवसरमा अध्यक्ष दाहालले सङ्घीयता धर्मनिरपेक्षता, समावेशी, समानुपातिकतासहित जनजीविकाको लागि सङ्घर्ष गरेको पार्टीमा  सम्पूर्ण  वामपन्थी शक्ति एकजुट हुन आह्वान गरे।

एमाले परित्याग गरेका खरेलसहित नेता कार्यकर्ता पार्टी अध्यक्ष दाहालले आफ्नै निवास खुमलटारमा स्वागत गरे । उक्त कार्यक्रममा खरेलसहित दर्जन बढी कार्यकर्ता माओवादी प्रवेश गरेका छन् ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ५ : ०७ बजे

पोखरा विमानस्थलदेखि अमरसिंह चोकसम्म ३ महिना निःशुल्क बस सेवा

काठमाडौं– पोखरा महानगरपालिकाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अमरसिंह चोकको सडकसम्म आउने

रबिको ‘मिश्रित खेती’मा २७ प्रजातिका नगदेबाली

झापा– मेचीनगर नगरपालिका-४ बाहुनडाँगीका किसान रबि नेपालले एउटै जमिनमा २७

सरकारको कूटनीतिक योजना : नेपाललाई ‘बफर स्टेट’बाट ‘भाइब्रेन्ट ब्रिज’मा परिणत गर्ने 

काठमाडौं– सरकारले संसदमा प्रतिनिधित्व गर्ने ६ राष्ट्रिय दलका घोषणापत्रमा आधारित

प्रधानमन्त्री कप : आजको खेलमा गण्डकी प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा कर्णाली

नितिश कुमारद्वारा बिहारको मुख्यमन्त्री पदबाट राजीनामा

काठमाडौं- जनता दल युनाइटेडका प्रमुख नितिश कुमारले मंगलबार नेपालसँग सीमा