सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता | Khabarhub Khabarhub

सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकहरुले क्यु आर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेट सम्बन्धी सम्झौता भएको छ ।

बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकहरुले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोको क्यु आरहरूमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौता पश्चात सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डको र्शत बन्देज तथा सुविधाको अधीनमा रही क्यु आर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकलाई थप सुविधा प्राप्त हुनेछ ।

मोको डिजिटल वालेटमा कार्डहरू लोड गरिसकेपछि विभिन्न प्रयोजनको लागि भौतिक कार्डको समेत आवश्यकता नपर्ने बताइएको छ । क्रेडिट कार्डवाहकहरुले समेत क्यु आर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुनेछ । उक्त सम्झौता पत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राज भण्डारी र बैंकको तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरे ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले १४५ शाखा, १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ । अन्य जानकारीका लागि बैंकका शाखा कार्यालयहरूमा सम्पर्क राख्न  आग्रह गरिएको छ । 

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ६ : १४ बजे

कैलाश सिरोहियालाई स्थलमार्गबाट जनकपुरधाम ल्याइँदै 

जनकपुरधाम– किर्ते नागरिकता प्रकरणमा पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं– कान्तिपुर पब्लिकेसन्स लिमिटेडका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरिएको घटनाप्रति

सरकार हाँक्नेको सम्पत्ति : कसैसँग डेढ करोड नगद, कसैको बैंक खाता नै छैन

काठमाडौं – गत बिहीबार बसेको मन्त्रिपरिषद्‌ बैठकले प्रधानमन्त्रीसहित मन्त्रीहरूको सम्पत्ति

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने

मकवानपुर– बागमती प्रदेशसभामा यही जेठ १४ गते सरकारको नीति तथा

लण्डन–सिङ्गापुर उडान टर्ब्युलन्सका कारण एक जनाको मृत्यु, ३० जना घाइते

काठमाडौं– लण्डनबाट सिङ्गापुरका लागि उडेको सिंगापुर एयरलाइन्सको  एक विमान आँधीको