३८ औँ वार्षिकोत्सवको पुर्वसन्ध्यामा नबिलले गर्‍यो एकिकृत कारोबारको सुरुवात  | Khabarhub Khabarhub

३८ औँ वार्षिकोत्सवको पुर्वसन्ध्यामा नबिलले गर्‍यो एकिकृत कारोबारको सुरुवात 


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नबिल बैंक लिमिटेड  र नेपाल बंगलादेश बैंकबिच भएको प्राप्तिको सम्पूर्ण कार्य समापन भई सोमबारबाट एकीकृत कारोबार सुरु भएको छ । नबिल बैंकको ३८ औँ  वार्षिकोत्सवको  पुर्वसन्ध्या पारी सोमबार एक कार्यक्रमबिच प्रमुख अतिथी मुख्य सचिव शंकरदास वैरागी, बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौडेल र उपाध्यक्ष निर्वाण चौधरीले संयुक्त रुपमा उद्घाटन गरी एकिकृत कारोबार थालनी भएको घोषणा गरिएको हो ।

दुई बैंकको मर्ज पछि ‘नबिल बैंक लिमिटेड’ नामबाट एकीकृत रूपमा वित्तीय कारोबार सञ्चालन भएको हो । कार्यक्रममा बोल्दै मुख्य सचिव वैरागीले पुरानो मध्यको एक नेपाल बंगलादेश बैंकको प्राप्ति पछि नबिल बैंक अझ ठुलो भएको  र यस कदमले देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरे ।

‘अझ बलियो, सँगै अघि’ भन्ने नारा सहित गरिएको कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले प्राप्ति पछि नबिलले बैंकिङ्ग प्रणालीलाई थप सुशासित, सुरक्षित, स्वच्छ, कुशल तथा सक्षम बनाई बैंकिङ्ग क्षेत्रको स्थायित्वमा टेवा पुर्‍याउने बताए । “बैंक ठुलो भए सँगै  बैंकिङ्ग प्रणाली, मानव संशाधन, प्राविधिक तथा अन्य समग्र क्षमता अभिवृद्धि गरी सर्वसाधारणलाई आधुनिक थप गुणस्तरीय बैंकिङ्ग सुविधा प्रदान गर्ने लक्ष्य लिएका छौ,” उनले थपे  ।

 “क” वर्गको इजाजतप्राप्त नबिल बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकको अनुमतिबाट नेपाल बंगलादेश बैंक लिमिटेडलाई प्राप्ति गरेको हो । यस प्राप्तिसँगै अब नेपाल बंगलादेश बैंकको सम्पूर्ण सम्पत्ति तथा दायित्वको अभिभारा नबिल बैंकले प्राप्त गरेको छ र देशकै सबभन्दा ठुलो वित्तीय संस्था भएको छ ।

“नविल बैंक र एन बि बैंक एक आपसमा प्राप्ति (एक्विजिशन) को आवश्यकता र औचित्यमा छलफल पश्चात समग्र बैंकिङ्ग प्रणालीको आवश्यकताहरूलाई समेत मध्यनजर गर्दै बैंक प्रति सर्वसाधारणको विश्वासनियतामा थप अभिवृद्धि गर्न कदम चालेका हौँ,” बैंकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्र ढुंगानाले बताए । उनले नेपालको वित्तीय क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएका सम्मानित संस्थाहरू एक भई अझै विस्तारित र सशक्त भएर राष्ट्र निर्माणमा अग्रसरता लिने उद्देश्यका साथ दुई बैंकबीच समझदारी भएको जानकारी दिए ।

बैंकका अनुसार प्राप्ति पछि  बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड, कुल पुँजी ५६ अर्ब २ करोड, कुल निक्षेप ३ खर्ब २८ अर्ब तथा कुल कर्जा ३ खर्ब ८ अर्ब पुगेको छ । त्यस्तै गरी बैंकले देशभरिको शाखा विस्तार भई २६७ शाखा सञ्जालहरू र २७४ एटिएम मेसिनहरूबाट सेवा प्रदान गर्नेछ ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ४१ बजे

रौतहटमा चक्कु प्रहार गरी २१ वर्षीय युवकको ह*त्या

रौतहट – यमुनामाई गाउँपालिका–५ फतुवाका २१ वर्षीय युवक साहबुदिन मियाँको

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा – माछा मार्ने क्रममा करेन्ट लागेर आज दिउँसो कमल

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी