सिल प्याक पानीको बोतलमा माकुरो भेटियो « Khabarhub

सिल प्याक पानीको बोतलमा माकुरो भेटियो


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कैलालीको टीकापुरमा एक पसलमा बिक्रीका लागि राखिएको सिल प्याक पानी बोतलमा माकुरो भेटिएको छ । आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिज बर्दगोरिया कैलालीले उत्पादन गर्दै आएको पानीको बोतलमा माकुरो भेटिएको हो ।

टीकापुरमा रहेको बिभोर मेडिकलमा ग्राहकले पानीको बोतल मागेपछि बोतलमा माकुरो देखिएको मेडिकलका सञ्चालक सञ्जय भण्डारीले जानकारी दिए । “एकजनाले पानीको बोतल माग्नुभयो, हामिले दियौँ, बोतलको पिँधमा माकुरो देखियो”, भण्डारीले भने, “पानीको सिल प्याक बोतलमा माकुरो भेटिएपछि उत्पादक कम्पनीलाई खबर गर्दा त्यसलाई बेवास्ता गर्नुभयो र त्यसलाई स्वीकार गर्नुभएन ।”

उपभोक्ता हित संरक्षण मञ्च टीकापुरका अध्यक्ष एकेन्द्र तिमिल्सिनाले सिल प्याक पानीभित्र माकुरो देखिनु उपभोक्तामाथिको गम्भीर लापर्बाही भएको बताएका छन् । उनले खानेपानी संस्थाको पानी नखाएर शुद्ध पानीका लागि प्रशोधित पानी पिउने गरेको भए पनि आँखाले देखिने खालको प्रमाणले खानेपानी कम्पनीमाथि प्रश्न उब्जाएको बताए ।

“आँखाले देखिने खालका यस्ता फोहोर मिसावट देखिँदा आँखाले नदेख्ने कति फोहोर पानीमा होला भन्ने सजिलै अनुमान लगाउन सकिन्छ”, अध्यक्ष तिमिल्सिनाले भने, “यो उपभोक्तामाथिको गम्भीर लापर्बाही हो । यस्ता गलत कार्य गरेर उपभोक्ताको स्वस्थ्यमा खेलबाड गर्नेलाई कारबाहीको दायरामा ल्याउन जरुरी छ । होइन भने यस्ता लापर्बाहीका घटना दोहोरिनेमा कुनै शङ्का छैन ।”

आकाश गङ्गा वाटर एण्ड वेभरेज इन्ड्रस्टिजका सञ्चालक ओमनारायण महतोले आफूले उत्पादन गरेको पानीमा त्यस्तो हुन नसक्ने बताएका छन् । उनले कसैले आफूमाथि रचेको प्रोपोगान्डा मात्रै भएको भन्दै आफ्नो व्यवसायलाई कमजोर बनाउन खेलिएको खेल भएको बताए । “कसैले बाहिरैबाट नक्कली सिल लगाएर बनाइएको प्रोपोगान्डा हो । कम्पनीबाट त्यस्तो हुनै सक्दैन”, महतोले भने, “हामीले महिनैपिच्छे खाद्यमा गुणस्तर चेक गर्दै आएका छौँ । पानी बिक्रीमा र गुणस्तरमा हामी सुदूरपश्चिमकै एक नम्बरमा छौँ ।”

मेडिकल सञ्चालक भण्डारीले उपभोक्ता हित संरक्षण मञ्चलाई हस्तान्तरण गरेको उक्त पानीको गुणस्तर जाँच र आवश्यक कारबाहीका लागि इलाका प्रशासन कार्यालय टीकापुरमार्फत जिल्ला प्रशासन कार्यालय धनगढी पठाइएको छ

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  ८ : ५४ बजे

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी

रास्वपा निर्वाचन : कोशीमा निशालाई सर्वाधिक मत, विश्वराज दोस्रो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपाको केन्द्रिय सदस्यमा कर्णालीबाट सीता, तासी र विनिता विजयी

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्य पदको निर्वाचनमा

रास्वपाको केन्द्रीय सदस्यमा स्वर्णिमलाई सर्वाधिक मत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदको