सब-इन्जीनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप | Khabarhub Khabarhub

सब-इन्जीनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– डिभिजन वन कार्यालय बैतडीका सब-इन्जीनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ स्थित मठैराज मन्दिरमा आवासगृह निर्माणमा लागि प्रदेश सरकारबाट आएको १० लाख रकममा एक लाख घुस दिन नसकेपछि अधुरो भुक्तानी भएको उपभोक्ता समिति अध्यक्ष पन्तले बताए ।

उनले भने, ‘मन्दिरको भएको र देउताको कसम खाँदै एक रुपैयाँ पनि हिनामिना नगर्ने सोचले काम गरेका हौं । सोही अनुसार स्टिमेटमा भएका सबै काम पुरा गरेका छौं । काम सम्पन्न भए पश्चात् डिभिजन प्रमुख र प्राविधिक आएर जाँच गर्दा ९ लाख ७० हजारको काम भएको भन्दै सोही अनुसारको कागजात तयार गर्नुभयो । भुक्तानीका लागि आउनु भनियो र डिभिजन वन कार्यालयमा जाँदा हामीलाई प्राविधिकले विभिन्न बाहानमा ३ दिन अलमल्याए । अन्ततः एक लाख रकम दिए मात्रै भुक्तानी गर्ने बताएपछि ८० हजारको चेक र ५ हजार नगद दिएर घर फर्कियौं । मैले चेक दिए पनि त्यस खातामा पैसा छैन भने ।’

सम्झौताका बखत पहिलो किस्ता ३ लाख २० हजार र अन्तिममा ४ लाख ५२ हजार ८ सय ८० रुपैयाँ गरी ७ लाख ७२ हजार ८ सय ८० रुपैयाँ मात्रै खातामा प्राप्त भएको बताए ।

उपभोक्ता समिति अध्यक्ष पन्तले भने, ‘घुस माग्ने प्राविधिकले आफूलाई दिएको ८० हजारको चेक नसाटिएमा पुरा भुक्तानी नगर्ने चेतावनी दिएका थिए । सोही अनुसार झन्डै २ लाख रकम कम दिएकै छाडे ।’

स्टमेट अनुसार काम नभएका योजनामा रकम घट्न सक्ने डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले बताए । डिलाशैनीसहित केही आयोजनामा कम रकम भुक्तानी भएको उनको भनाई छ । उनले भने,‘फिल्डमा गएको बेला भीडमा बढी मूल्यांकन गरिए पनि पछि फोटो हेर्दा कम काम भएको पाइयो । त्यसैले रकम घटेको हो,’ उनले भने ।

कर्मचारीले घुस मागेको विषय प्रमाणित भएमा सम्बन्धित व्यक्तिलाई तत्काल कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ३७ बजे

गण्डकीका मन्त्रीको तुच्छ कमेन्ट, ‘त्यो सुरेन्द्र भन्ने को हो ? त्यसलाई कसैले खोजेको छैन’

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा (एमाले) को राजनीतिमा आउन नदिने

आर्थिक विकासका लक्ष्यमा सरकार केन्द्रीत छ : अर्थमन्त्री 

लुम्बिनी– उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार मुलुकमा सुशासन,

ओलीलाई च्यासलमा स्टालिनसँग तुलना !

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले राष्ट्राध्यक्ष र नेपाली सेनाको परमाधिपति

‘सिटामोल’को ट्रेलर : पश्चिमको ग्रामीण गरिब परिवारको आर्थिक समस्या

काठमाडौं – साउन २३ बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘सिटामोल’को

अस्ट्रेलियाको भिसा नलागेपछि मोडिएको पुकुको कलायात्रा

काठमाडौं – कलाकार पुजन घिमिरे टेलिसिरियल ‘हल्का रमाइलो’की पात्र ‘पुकु’को