सब-इन्जीनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप « Khabarhub

सब-इन्जीनियरमाथि एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी दिएको आरोप


२८ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– डिभिजन वन कार्यालय बैतडीका सब-इन्जीनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ ।

जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४ स्थित मठैराज मन्दिरमा आवासगृह निर्माणमा लागि प्रदेश सरकारबाट आएको १० लाख रकममा एक लाख घुस दिन नसकेपछि अधुरो भुक्तानी भएको उपभोक्ता समिति अध्यक्ष पन्तले बताए ।

उनले भने, ‘मन्दिरको भएको र देउताको कसम खाँदै एक रुपैयाँ पनि हिनामिना नगर्ने सोचले काम गरेका हौं । सोही अनुसार स्टिमेटमा भएका सबै काम पुरा गरेका छौं । काम सम्पन्न भए पश्चात् डिभिजन प्रमुख र प्राविधिक आएर जाँच गर्दा ९ लाख ७० हजारको काम भएको भन्दै सोही अनुसारको कागजात तयार गर्नुभयो । भुक्तानीका लागि आउनु भनियो र डिभिजन वन कार्यालयमा जाँदा हामीलाई प्राविधिकले विभिन्न बाहानमा ३ दिन अलमल्याए । अन्ततः एक लाख रकम दिए मात्रै भुक्तानी गर्ने बताएपछि ८० हजारको चेक र ५ हजार नगद दिएर घर फर्कियौं । मैले चेक दिए पनि त्यस खातामा पैसा छैन भने ।’

सम्झौताका बखत पहिलो किस्ता ३ लाख २० हजार र अन्तिममा ४ लाख ५२ हजार ८ सय ८० रुपैयाँ गरी ७ लाख ७२ हजार ८ सय ८० रुपैयाँ मात्रै खातामा प्राप्त भएको बताए ।

उपभोक्ता समिति अध्यक्ष पन्तले भने, ‘घुस माग्ने प्राविधिकले आफूलाई दिएको ८० हजारको चेक नसाटिएमा पुरा भुक्तानी नगर्ने चेतावनी दिएका थिए । सोही अनुसार झन्डै २ लाख रकम कम दिएकै छाडे ।’

स्टमेट अनुसार काम नभएका योजनामा रकम घट्न सक्ने डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले बताए । डिलाशैनीसहित केही आयोजनामा कम रकम भुक्तानी भएको उनको भनाई छ । उनले भने,‘फिल्डमा गएको बेला भीडमा बढी मूल्यांकन गरिए पनि पछि फोटो हेर्दा कम काम भएको पाइयो । त्यसैले रकम घटेको हो,’ उनले भने ।

कर्मचारीले घुस मागेको विषय प्रमाणित भएमा सम्बन्धित व्यक्तिलाई तत्काल कारबाही गरिने प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए ।

प्रकाशित मिति : २८ असार २०७९, मंगलबार  १० : ३७ बजे

रास्वपाको उपसभापतिमा भिड्दै चार महिला

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम महाधिवेशनमा अहिलेसम्म चारजना नेतृत्वले

असिम शाह रास्वपा सहमहामन्त्रीको उम्मेदवार बन्ने

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहका प्रमुख सल्लाहका असिम शाहले रास्वपाको

रास्वपा महामन्त्रीमा लड्दैछन् यी ८ नेता

काठमाडौँ । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत आज राति पदाधिकारीको निर्वाचन

रास्वपाको खुला केन्द्रीय सदस्यमा कसले कति मत पाए ?

रास्वपाको केन्द्रीय सदस्यतर्फको मत परिणाम सार्वजनिक भएको छ । कोशी

रास्वपा महामन्त्री दौडमा रञ्जुको इन्ट्री, सोबिता उपसभापतिमा लड्ने

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत महामन्त्री पदको