सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन  « Khabarhub

सडक निर्माणको काम हप्ता दिनभित्र सुचारु गर्न निर्देशन 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काममा चरम ढिलासुस्ती गर्ने तीन ठेकेदार कम्पनीलाई कारबाही गर्ने चेतावनी दिएको छ । सडक स्तरोन्ततीको ठेक्का लिएर काम अलपत्र पार्ने ठेकेदार कम्पनीलाई नगरपालिकाले हप्ता दिनभित्र काम सुचारु गर्न अन्यथा कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।

नगरपालिकाले हुर्लुङ–जालपा–ऐसेलुखर्क सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने रौताहारसुसमरआदित्य जेभी, दिक्तेलस्थित अस्पतालचोक–लफ्याङ सडक खण्ड स्तरोन्नतीको काम अलपत्र पार्ने ढुकुचुरबगाले थापारविएनटि जेभी र दिक्तेलको हाटडाँडा–लफ्याङ–अल्छेढुंगा–दोर्पा दुम्ली–आयुर्वेद भवन सडक स्तरोन्नतीको काम अलपत्र पार्ने लगलगे कन्ट्रकसन चावहिललाई कारबाही गर्ने चेतावनी दिएको हो ।

मेयर तीर्थराज भट्टराईले तीन निर्माण कम्पनीलाई छुट्टाछुट्टै पत्राचार गर्दै अवरुद्ध काम हप्ता दिनभित्र सुचारु गरी यथाशिघ्र काम सम्पन्न गर्न अन्यथा सार्वजनिक खरिद अनुगमन कार्यालय लगायतका निकाय समक्ष कानुन बमोजिमको कारबाहीका लागि सिफारिस गर्ने चेतावनी दिएका छन् ।

तीन वटै सडक सघन सहरी तथा भवन निर्माण आयोजना, ओखलढुंगाबाट बोलपत्र आव्हान भई ठेक्का लागेको हो । तर सडक स्तरोन्नतीको काम अलपत्र हुँदा यातायात सेवा अवरुद्ध भएको, हिलाम्मे हुँदा हिँडडुल गर्न समेत समस्या भएको र अलपत्र बाटोमा दुर्घटनाको जोखिम बढेको छ । वर्षा सुरु भए सँगै तीन वटै सडक ठप्प प्रायः छ ।

ठेक्का लागेको सडक स्तरोन्नतीको काममा ढिलासुस्ती हुँदा स्थानीयबासीबाट व्यापक जनगुनासो आएकाले ठेकेदारविरुद्ध ‘एक्सन’मा उत्रिनु परेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पूर्वाधार विकास कार्यालय, गाईघाट, उदयपुरलाई पत्रको बोधार्थ पठाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ४१ बजे

सरकारी विधेयक अब कानून आयोगले नै बनाउने, ऐन संशोधनका लागि सुझाव माग

काठमाडौँ – सरकारले सरकारी विधेयक तर्जुमाको सम्पूर्ण जिम्मेवारी नेपाल कानून

लम्जुङमा पहिरोले पुरिएर एकैघरका दुई जनाको मृत्यु

लमजुङ– पहिरोमा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा एकैघरका दुईजनाको मृत्यु

निर्देशक सुब्बा र साहित्यकार अधिकारीलाई १ लाख ५० हजारको ‘दाहाल यज्ञनिधि पुरस्कार’

काठमाडौँ – यस वर्षको ‘दाहाल यज्ञनिधि पुरस्कार–२०८३’ वरिष्ठ चलचित्र निर्देशक

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि आवेदन आह्वान

काठमाडौँ– अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी

रसुवागढी एकीकृत भन्सार भवन निर्माण १० वर्षसम्म अधुरै (तस्बिर)

रसुवा– नेपाल–चीन सीमास्थित रसुवागढी नाकामा एक दशकदेखि एकीकृत भन्सार भवन