दश हजारभन्दा बढी भक्तजन पुगे गोसाईंकुण्डमा  « Khabarhub

दश हजारभन्दा बढी भक्तजन पुगे गोसाईंकुण्डमा 


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रसुवा – हिन्दुहरूको चाड जनै पूर्णिमा पर्वका अवसरमा स्नान तथा पूजाका लागि हजारौँ भक्तजन गोसाईंकुण्ड आई पुगेका छन् । देशभरीवाट जनैपुर्णिमा मनाउनका लागि १० हजारभन्दा बढी भक्तजन बिहीबार अवरेसम्म गोसाइँथान आई पुगेका हुन् ।

कोरोना महामारी न्यूनीकरण भएपछि पहिलो पटक यति ठुलो संख्यामा भक्तजन गोसाईकुण्ड आईपुगेको स्थानियले जनाएका छन् । भक्तजनको स्वास्थ्यमा समस्या नदेखियोस  र उचाइका कारण लेक लागेका बिरामीलाई उपचार गराउन लौरीविनायकमा रसुवा जिल्ला अस्पताल, चौलाङपार्टीमा नेपाली सेना र गोसाइँकुण्डमा हिमालय उद्धार संघबाट खटिएका चिकित्सक समूहले उपचार सेवा गरिरहेका छन् ।

गोसाईंकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार कुण्ड गहिरो भएका कारण भक्तजनले स्नान गर्ने क्रममा हुन सक्ने जोखिम न्यूनीकरण गर्नका लागि र भक्तजनलाई लेक लाग्न सक्ने भएको कारण पनि सो बारेमा जानकारी दिन र उपचारका लागि स्याफ्रुबेँसीस्थीति श्यामेवाङ्फेल माविका जुनियर रेडक्रस सर्कल परिचालित गरिएको छ। समुन्द्र सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको कुण्डमा आउने तिर्थालुको हेरचाहका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि खटिएका छन् ।

समुन्द्र मन्थनको क्रममा विष पिएका महादेव शिवले यही स्थानमा आएर त्रिशुल गाडे पछि गोसाईकुण्ड उत्पति भएको धार्मिक विश्वास रहँदै आएको छ । समुन्द्र मन्थको क्रममा उत्पत्ति भएको विषको व्यवस्थापन गरी दिनु पर्‍यो भनी भगवान् शिव समक्ष पुगेपछि शिवले त्यो विष आफूले पिएका थिए तर त्यो विष घाँटीमा अड्किएपछि, आफ्नो छटपटीलाई शान्त पार्न भौतारिदा शिव निलाद्री पर्वतमा आई त्रिशुल भित्तामा प्रहार गरेपछि त्यहाँ धारा बनेको र त्यसै धाराबाट बगेर आएको पानीले कुण्ड बनेको भन्ने धार्मिक मान्यता रहँदै आएको छ ।

सोही कुण्डमा भगवान् शिवले विषको डाह शान्त पारेकाले गोसाइकुण्डमा स्नान, दान र तर्पण गर्नाले पितृहरु उद्धार भई स्वर्ग जाने, जीवनभर गरेको पापबाट मुक्ति पाउने र आफ्नो मनोकांक्षा पूरा हुने धार्मिक मान्यता रहेको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ११ : ०६ बजे

अग्रज र असन्तुष्टलाई पनि साथ लिएर उत्तमले बनाए बलियो समावेशी टिम

काठमाडौं– नेपालको निजी ऊर्जा क्षेत्रको छाता संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको

लगानी, कृषि र पर्यटन प्रवर्द्धनका लागि सांसदहरूको सुझाव

काठमाडौं–  राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति

लेबनानमा इजरायली आक्रमण, दश जनाको मृत्यु

एजेन्सी– दक्षिणी लेबनानका विभिन्न क्षेत्रहरूमा भएको इजरायली हवाई आक्रमणमा परी

मनिष झाको अभिव्यक्ति सापटी लिँदै निश्कलले सोधे, ‘प्रधानमन्त्रीले क्लास बङ्क गर्न मिल्छ ?

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले निरन्तर संसद्लाई बेवास्ता गरेपछि विपक्षी दलहरूले

एक महिनापछि जाग्यो संसदीय समिति, सुकुम्वासी राखिएको होल्डिङ सेन्टर अनुगमनमा जाने

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले भूमिहीन, सुकुम्वासी