कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा सञ्चालन « Khabarhub

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा इन्डोस्कोपी सेवा सञ्चालन


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले इन्डोस्कोपी सेवा पुनःसञ्चालनमा ल्याएको छ । सो सेवा हप्ताको दुई दिन सञ्चालन हुने प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए । जुम्लालगायत जिल्लाका बिरामीलाई पनि उपचार गर्न सकिने भएकाले  आफूहरूले इन्डोस्कोपी सेवा सञ्चालनमा ल्याउन पहल गरेको प्रतिष्ठानका उपकुलपति मङ्गल रावलले बताए ।

यसबाट आर्थिक अवस्था कमजोर भएका बिरामीले सहजरूपमा जुम्लामै उपचार गर्न पाउने भएका छन् । भौतिक व्यवस्थापन र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेको प्रतिष्ठानले यो सेवा सञ्चालनमा ल्याएपछि  बिरामीहरूलाई सहज हुने भएको छ । विशेष गरी नेपालीहरूमा ग्यासट्राईटिसको कारणले गर्दा पेट र आन्द्राहरुमा हुने घाउलाई इन्डोस्कोपीको माध्यामबाट सजिलै पहिचान गर्न सकिने प्रतिष्ठानले जनाएको छ ।

सो सेवा लिनका लागि नेपालगञ्ज र काठमाडौंलगायत भारतको लखनउमा गएर इन्डोस्कोपी गराउनुपर्ने बाध्यता  अहिले जुम्लामै उपचार भएपछि बिरामीहरूलाई थप टेवा पुगेको प्रतिष्ठानका निर्देशक राजिव शाहले जानकारी दिए । आर्थिकरूपमा पछाडि परेका गरिब असहाय तथा सीमान्तकृत समुदायका बिरामीलाई अस्पतालले निःशुल्क उपचार गर्दै आइरहेको कर्णाली उक्त प्रतिष्ठानले जनाएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  २ : ११ बजे

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण

रवीन्द्र मिश्रले भने : ‘सत्ता कब्जा’काे सङ्केत देखियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो

नेपालका आठ हजार मिटरमाथिका हिमाललाई अन्तरराष्ट्रिय मान्यता दिलाउन पहल

काठमाडौं – नेपाल सरकारले विश्वका आठ हजार मिटरभन्दा अग्ला हिमालको

बेगनास ताल किनारमा सुरु भयो ‘फिस फेस्टिभल’

कास्की – पोखराको दोस्रो ठूलो बेगनास तालको किनारमा आजदेखि ‘फिस