जुम्लामा गाईजात्रा : के हाे विम्ब खडा गर्ने परम्परा ? | Khabarhub Khabarhub

जुम्लामा गाईजात्रा : के हाे विम्ब खडा गर्ने परम्परा ?


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा विशेषतः नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको पाइन्छ । नेवार समुदायले मनाउने यो पर्व भए पनि पछिल्लो समयमा जुम्लाका सबै समुदायका नागरिकले मनाउँदै आएका छन् ।

संस्कृतिविद् रामा नन्द आचार्यका अनुसार हिन्दु धर्ममा गाई पवित्र जनावर हो । ‘हाम्रो दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको पिठिउँमा पहेँलो वस्त्र लगाइदिएर घुमाउने गरिन्छ। मृतकको आत्माको शान्तिको कामना गर्दै यो जात्रा मनाइएको हो,’ उनले भने । नेवारी भाषामा यो पर्वलाई सापारू भनिन्छ।

साको अर्थ गाई र पारू को अर्थ प्रतिपदा तिथि हो जुन दिन यो चाड मनाइन्छ । गाईजात्रा मनाउने क्रममा ज्यान गुमाएका आफन्तहरूको सम्झनामा विम्ब खडा गर्ने परम्परा छ ।

त्यस्तै यस पटकको गाईजात्राको अवसरमा स्वर्गीय लाल बहादुर थापा र स्वर्गीय मिम बहादुर सुनारको घरबाट गाई निकालिएको जात्रा समितिका कोषाध्यक्ष महेन्द्र कार्कीले बताए । उनका अनुसार दिवङ्गत आफन्तको नाममा गाईलाई पूजा गरेर उसको घरबाट निकाल्दा मृतकको आत्माको चिरशान्तिको कामना गर्ने प्रचलन रहिआएको छ ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ८ : २९ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको