आगो लगाएर श्रीमती र सासूको हत्या प्रयास गरेको आरोपमा सदा पक्राउ « Khabarhub

आगो लगाएर श्रीमती र सासूको हत्या प्रयास गरेको आरोपमा सदा पक्राउ


२७ श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– श्रीमती र सासूको शरीरमा मट्टितेल छर्केर आगो लगाई हत्याको प्रयास गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

औरही नगरपालिका– ८ का शंकर सदाले शनिबार राति ससुराली घरमै श्रीमती ३५ वर्षीया प्रमिलादेवी सदा र सासू ६५ वर्षीया रेसमादेवी सदाको शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका थिए ।

त्यस लगत्तै फरार भएका सदालाई बुधबार प्रहरीले नेपाल–भारतको सीमावर्ती क्षेत्र सम्सी गाउँपालिका –६ कन्हवा बोर्डरबाट पक्राउ गरेको हो ।

उता घाइते प्रमिलादेवी र रेशमादेवीको प्रादेशिक अस्पताल जनकपुरमा उपचार सम्भव नभएपछि काठमाडौं रेफर गरिएको छ । अहिले उनीहरूको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ। मट्टीतेल खन्याएर आगो लगाउँदा रेसमादेवी सदाको पिठ्युँ, पाखुरा र बायाँखुट्टा जलेको छ ।

शंकरले श्रीमती प्रमिलादेवी परपुरुषसँग अवैध सम्बन्ध रहेको र त्यसमा सासू रेशमादेवी पनि सहयोगी रहेको भन्ने शंका गरेर उनीहरूको हत्या प्रयास गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका शंकरमाथि ज्यान मार्ने उद्योग कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

प्रकाशित मिति : २७ श्रावण २०७९, शुक्रबार  ९ : ५८ बजे

भोटेकोशी विपद्पछि नेपालको पर्यटनप्रति अन्तरराष्ट्रिय विश्वास पुनःस्थापित गर्न जोड

काठमाडाैं – भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको बाढीका कारण पर्यटन क्षेत्रमा गम्भीर

सुरुङ उद्धार टोलीले लाङ्टाङ र चिलिमेमा काम गरिरहेको छ : परराष्ट्र मन्त्रालय

काठमाडौं – भोटेकोशी नदीमा गएको बाढीपछि नदीको बहाव क्षेत्रसँगै रहेका

भोटेकोशी बाढी : कुशको शव बनाएर आर्यघाटमा सामूहिक अन्त्येष्टि

काठमाडौं – यही भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा गएको

आजका समाचार : सुरुङबाट उद्धार तत्काल असम्भव, प्रधानमन्त्री पनि पछि हटे, कांग्रेस देउवा समूह महाधिवेशनतिर !

सुरुङमा फसेकाको उद्धार तत्काल असम्भव, प्रधानमन्त्रीले भने : मौसमले साथ

रसुवागढी हाइड्रोको टनेलमा २७५ मिटरसम्म पुगेर खोजी, उद्धार प्रयास जारी

काठमाडौं – बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई