ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धनबारे छलफल « Khabarhub

ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धनबारे छलफल


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गरिएको छ। नेपाली दूतावास मस्कटमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले संसदीय सुनुवाइ समितिमा पेस गरेका कार्य योजनाको आधारमा छलफल गरिएको हो।

दूतावासले तयार गरेको कार्य योजनामा ओमानस्थित नेपाली सोसल क्लब लगायतका संघ संस्थाका प्रतिनिधि र दूतावासका पदाधिकारीबीच छलफल भएको जनाइएको छ। सहभागीहरूले कार्य योजनाका क्रियाकलापमा सहकार्य गर्न तत्पर रहेको बताए।

राजदूत अर्यालको प्रस्तुतीकरण पश्चात् कार्य योजनाको विभिन्न विषयवस्तुमा बुँदागतरुपमा छलफल गरिएको थियो। छलफलका क्रममा आएका सुझावहरूलाई समावेश गरेर ड्राफ्ट कार्ययोजना इमेलबाट सर्कुलर गर्ने र पृष्ठपोषणको आधारमा त्यसको अन्तिमरुप दिएपछि सार्वजनिक गरिने राजदूत अर्यालले बताए।

विकास कूटनीतिका अन्य पक्षहरूमा पनि यसै गरी क्रमिकरुपमा छलफल र निर्णय गर्दै जाने दूतावासको कार्यक्रम रहेको उनले सुनाए। कार्यक्रम अघि दूतावासका कर्मचारी तथा परिवार र नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा राजदूत अर्यालले शिष्टाचारका विभिन्न पक्ष तथा विदेशमा नेपालीहरुले गर्न हुने/नहुने विषयहरूमा जानकारी दिएका थिए।

विदेशमा बस्ने सबै नेपाली, नेपालका प्रतिनिधि तथा राजदूत जस्तै भएको र हरेक व्यक्तिले गर्ने क्रियाकलापले नेपालको छविलाई प्रतिबिम्बित गर्ने हुनाले आधारभूत शिष्टाचार राख्नु पर्ने र पालना गर्नु पर्नेमा उनले जोड दिएका थिए।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  ७ : १० बजे

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन

सुदूरपश्चिममा राजस्व सङ्कलन नरोकिने

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को