ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धनबारे छलफल « Khabarhub

ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धनबारे छलफल


२७ भदौ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दोहा – ओमानमा नेपालको पर्यटन र संस्कृति प्रवर्द्धन गर्ने सम्बन्धमा छलफल गरिएको छ। नेपाली दूतावास मस्कटमा ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले संसदीय सुनुवाइ समितिमा पेस गरेका कार्य योजनाको आधारमा छलफल गरिएको हो।

दूतावासले तयार गरेको कार्य योजनामा ओमानस्थित नेपाली सोसल क्लब लगायतका संघ संस्थाका प्रतिनिधि र दूतावासका पदाधिकारीबीच छलफल भएको जनाइएको छ। सहभागीहरूले कार्य योजनाका क्रियाकलापमा सहकार्य गर्न तत्पर रहेको बताए।

राजदूत अर्यालको प्रस्तुतीकरण पश्चात् कार्य योजनाको विभिन्न विषयवस्तुमा बुँदागतरुपमा छलफल गरिएको थियो। छलफलका क्रममा आएका सुझावहरूलाई समावेश गरेर ड्राफ्ट कार्ययोजना इमेलबाट सर्कुलर गर्ने र पृष्ठपोषणको आधारमा त्यसको अन्तिमरुप दिएपछि सार्वजनिक गरिने राजदूत अर्यालले बताए।

विकास कूटनीतिका अन्य पक्षहरूमा पनि यसै गरी क्रमिकरुपमा छलफल र निर्णय गर्दै जाने दूतावासको कार्यक्रम रहेको उनले सुनाए। कार्यक्रम अघि दूतावासका कर्मचारी तथा परिवार र नेपाली संघसस्थाका प्रतिनिधिहरुको उपस्थितिमा राजदूत अर्यालले शिष्टाचारका विभिन्न पक्ष तथा विदेशमा नेपालीहरुले गर्न हुने/नहुने विषयहरूमा जानकारी दिएका थिए।

विदेशमा बस्ने सबै नेपाली, नेपालका प्रतिनिधि तथा राजदूत जस्तै भएको र हरेक व्यक्तिले गर्ने क्रियाकलापले नेपालको छविलाई प्रतिबिम्बित गर्ने हुनाले आधारभूत शिष्टाचार राख्नु पर्ने र पालना गर्नु पर्नेमा उनले जोड दिएका थिए।

प्रकाशित मिति : २७ भदौ २०७९, सोमबार  ७ : १० बजे

नेपाल भ्रमणमा रहेको चिनियाँ सांस्कृतिक टोली सम्मानित

काठमाडौँ- नेपाल भ्रमणमा रहेको चिनियाँ साहित्यिक एवं सांस्कृतिक प्रतिनिधिमण्डलका सदस्य

जय नेपाल पार्टीको केन्द्रीय समिति बैठक स्थगित

काठमाडौँ– जय नेपाल पार्टीले यही कात्तिक १६ गतेका लागि तय

मनोहरा नदीमा बहाव बढ्यो, सतर्क रहन आग्रह (तस्बिरहरू) 

काठमाडौँ  – लगातारको वर्षाका कारण ललितपुरको च्यासलस्थित मनोहरा नदीमा पानीको

वर्षाका कारण लुम्बिनी र चितवनबीचको खेल स्थगित

काठमाडौँ– लगातारको वर्षाका कारण तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

नेपाललाई क्षेत्रीय मेडिकल हब बनाउने लक्ष्यसहित कार्यदल गठन गरिने

काठमाडौँ– सरकारले मुलुकलाई क्षेत्रीय ‘मेडिकल हब’ का रूपमा विकास गर्ने