निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडौँ पठाइयाे « Khabarhub

निमोनियाले सिकिस्त १६ महिने बालकलाई थप उपचारका लागि काठमाडौँ पठाइयाे


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

खोटाङ- खोटाङमा निमोनियाले सिकिस्त बनेका १६ महिने बालकलाई खर्च जुटाएर अस्पताल लगिएको छ । दिप्रुङ चुईचुम्मा गाउँपालिका-३ छोरम्बु ठेगाना भई हाल दिप्रुङ चुईचुम्मा गाउँपालिका-१ याम्खा बस्दै आएका रोजन राई र मनिला राईको १६ महिने बच्चा रेवन राईलाई शुभेच्छुक तथा जिल्ला अस्पतालको सहयोगमा काठमाडौँ लगिएको हो ।

निमोनियाले सिकिस्त बनेका बालकलाई आइतबार ११ बजे जिल्ला अस्पतालमा भर्ना गरिएको थियो । तर श्वास फेर्न गाह्राे भएपछि र औषधिले स्वास्थ्यमा सुधार नभएपछि अस्पतालले बालकलाई तत्काल अन्यत्र लैजान रेफर गरेको थियो । आर्थिक अभावमा दिनभर जिल्ला अस्पतालमै अल्झिएका बालकलाई राति ११.१५ बजे काठमाडौँ पठाइएको हो । पत्रकारद्वय कृष्णकला राई र सञ्जीव राईको पहलमा आर्थिक सहयोग तथा जिल्ला अस्पतालको नवजात शिशु रेफरल फन्डबाट एम्बुलेन्समा लाग्ने २० हजारमध्ये १५ हजार भाडा छुट गराएर बालकलाई अस्पताल पठाइएको हो । अस्पतालले उपचारमा पनि छुट दिएको छ ।

पत्रकारद्वयले बालकको उपचारमा समस्या भएको समाचार सामाजिक सञ्जालमार्फत उजागर गरेका थिए । त्यसपछि शुभेच्छुक चिरञ्जीवी रिजालबाट पाँच हजार, राजकुमार राईबाट पाँच हजार, विमला राईबाट दुई हजार र किसन राईबाट एक हजार आर्थिक सहयोग जुटेको छ । बिरामी बालकलाई कान्ति बाल अस्पतालमा भर्ना गरिएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  १२ : १८ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले