एमालेबाट चुनाव जित्न पूर्वमाओवादी भट्टलाई भारी « Khabarhub

चुनावी चर्चा

एमालेबाट चुनाव जित्न पूर्वमाओवादी भट्टलाई भारी

दुई-दुई पटक सांसद र मन्त्री बनेका नेताको यसपटक खाली हात हुने डर !


२७ भाद्र २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सुदूरपश्चिमको चुनावी माहोल बिस्तारै बढ्दै गएको छ । प्रमुख दलका प्रमुख नेताहरू चुनावी माहोलका लागि गृह जिल्ला दौडधुपमा छन् । कतिपयले महिनामा धेरै पटक जिल्ला दौड संख्या बढाएका छन् । कतिपय भने जिल्लातिरको माहोल बुझ्दै सक्रियता बढाउने योजनामा छन् ।

केन्द्रीय राजनीतिमा अभ्यस्त नेताहरू चुनाव जित्न प्राय जिल्ला दौडमा उत्रिने गरेका छन् । राष्ट्रिय राजनीतिमा स्वार्थ र सत्ता केन्द्रित नेताहरू चुनावका लागि भने आश्वासन केन्द्रित हुने गर्छन् । अहिले राष्ट्रिय राजनीतिमा सत्ता र स्वार्थ केन्द्रित नेतामध्येका एक, लेखराज भट्ट यति बेला चुनावी दौडका लागि कैलाली केन्द्रित भएका छन् ।

नेकपा माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य र सुदूरपश्चिमका संयोजक लेखराज भट्ट अहिले एमाले छन् । गएको चुनावमा माओवादीबाट जित हासिल गरे पनि एमालेसँगको एकतामा नेकपामै मन्त्री भएर बस्दा भट्ट अहिले एमालेमै रहेका हुन् ।

एमालेमा सचिव रहेका भट्ट अहिले प्रतिपक्षी पार्टीको हैसियतमा चुनावी मैदानमा उत्रिने तयारीमा छन् । २०७४ सालको चुनावमा कैलाली क्षेत्र न. ४ बाट प्रतिनिधिसभा चुनावमा भट्ट विजयी भएका थिए ।

कांग्रेस उम्मेदवार सुनिल भण्डारीलाई १० हजार ३ सय ९९ मत अन्तरले हराउँदै भट्ट निर्वाचित हुँदा भट्ट माओवादीका बलिया नेता थिए । तर अहिले उनको पहिलेको जस्तो रवाफ भने छैन । किनकि उनले लामो समय योगदान दिएको पार्टीसँग नै उनले चुनाव लड्नुपर्ने बाध्यता छ । त्यसमाथि सत्ता र स्वार्थको पछि लागेर एमालेमा बसेको आरोप पनि भट्टमाथि छ ।

आगामी ४ मंसिरमा हुने निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका लागि नेकपा एमालेले भट्टको नाम सिफारिस गरेको छ । उनको एकल सिफारिस छ । नेकपा विभाजनसँगै माओवादी छोडेर एमाले रोजेका भट्ट पहिलो पटक माओवादीसँगै कडा प्रतिस्पर्धा गर्नुपर्ने अवस्थामा छन् ।

यो क्षेत्रबाट भट्ट ०६४ र ०७४ को निर्वाचनमा माओवादीबाटै विजयी भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए । यसपटक सोही निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले मंसिर ४ मा हुने प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने पक्का पक्की जस्तै छ ।

कैलाली जिल्ला नेपाली कांग्रेसको ४ नम्बर क्षेत्रीय समितिमा महरसहित सुनीलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी, डा. लक्ष्मीराज पाठकले चुनावी आकांक्षा बढेको छ ।

गठबन्धनमा सो क्षेत्र जसले पाउँछ, माओवादी र कांग्रेस पार्टीका एक जनाले उम्मेदवार बनाउने पक्का छ । जसको लडाई विगतका माओवादी तर अहिलेका एमाले नेता भट्टसँग पर्ने निश्चित छ ।

सुदूरपश्चिमका व्यापारी, प्रभावशाली नेता र पूर्वमन्त्री
सुदूरपश्चिमको राजधानीमा कैलालीमा व्यापार गर्ने लेखराज भट्ट एक समय आफ्नो सम्पत्तिका ठूला मालिक थिए । जति बेला नेपालमा माओवादीले सशस्त्र द्वन्द्व थाल्यो, त्यसबेला उनको सम्पतिमाथि विद्रोही पार्टीले झण्डा गाड्ने चेतावनी दियो ।

त्यो चेतावनीपछि आफ्नो व्यापार र सम्पत्ति जोगाउन भट्ट माओवादी पार्टीमा लागेको चर्चा कैलालीका पुराना नेताहरू गर्छन् । माओवादी पार्टी भूमिगत हुँदा पनि आफ्नो व्यापार र सम्पत्ति जोगाएका भट्ट त्यसैका आडमा माओवादीको प्रभावशाली नेता बन्दै मन्त्री बनेको चर्चा पनि सुदूरपश्चिममा हुने गर्छ ।

मन्त्री रहेकै बेला नेकपा फुटेपछि सत्ता स्वार्थमा रमाउने भट्ट सरकार छाडेर माओवादीमा फर्किन नसकेका नेता हुन् । माओवादीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार नछाडेपछि सांसद पदबाट कारबाही गरेको थियो । त्यसपछि उनी मणि थापा, रामबहादुर थापा बादल, टोपबहादुर रायमाझीसँगै एमालेमै बस्न बाध्य भए ।

पहिलो संविधानसभा चुनाव जितेपछि श्रम तथा यातायात मन्त्री बनेका भट्ट संघीय संसदीय चुनाव जितेपछि ओली सरकारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनेका थिए । अहिले सांसद र मन्त्रीविहीन भट्ट यसपटक चुनाव जित्न नसके गृह जिल्ला कैलालीमै रहनुपर्ने बाध्यता छन् ।

यस्तो बेला उनले फेरि एक पटक चुनाव जित्न आफ्नो ‘ओरिजिनल ब्याकराउण्ड’मा ठूलो धनराशि खर्चिन सक्ने चर्चा छ । तर सत्ता गठबन्धनका अगाडि चुनाव जितेर फेरि सांसद र मन्त्री बन्न यसपटक लेखराज भट्टलाई फलामका चिउरा चपाउनुसरह छ ।

प्रकाशित मिति : २७ भाद्र २०७९, सोमबार  २ : २५ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– बिहीबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट

जलाइएको सरकारी निवास बस्नै नमिल्ने (तस्बिरहरू) 

काठमाडौं– प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएसँगै केही दिनभित्रै नयाँ सरकार

पिताको निधनपछि अस्पताल पुगे ओली (तस्बिरहरू)

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिताको निधनपछि

ट्रक र कन्टेनर ठोक्किँदा कन्टेनर चालकको मृत्यु

मकवानपुर– हेटौँडा– नारायणगढ  सडकअन्तर्गत हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान ट्रक

धुम्म आकाश, बढ्दो प्रदूषणः जनस्वास्थ्यमा गम्भीर असरको चेतावनी

काठमाडौँ – पछिल्ला दिनहरूमा काठमाडौँ उपत्यकासहित देशका विभिन्न स्थानमा वायु