सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन « Khabarhub

सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।

महासचिव डा भुसालले विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताएका छन्। निर्धारित समयसीमाभित्र उम्मेदवारी फिर्ता गरी सांगठनिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरेका छन् ।

निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी  फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो  ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  १० : ४४ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको