नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन | Khabarhub Khabarhub

नवौँ राष्ट्रिय खेलकुद : फितलो व्यवस्थापन


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशको प्रतिनिधित्व गर्दै गण्डकी प्रदेशको पोखरामा हुँदै गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुने खेलाडी फितलो व्यवस्थापनका बीच सहभागी हुँदैछन् । सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को व्यवस्थापनमा खेलाडीको बन्द प्रशिक्षणदेखि अन्य विषयमा सुविधा हुनुपर्ने भए पनि प्रदेश छनोटमा परेका कतिपय खेलका खेलाडीले खेल सामग्रीसमेत पाएनन् ।

‘कञ्चनपुरबाट केही समयअघि नै खेलकुदका पदाधिकारी र कार्यालय प्रमुख नवौँका लागि पोखरा पुगिसके पनि खेलाडी भने जाने क्रम सुरु भएको छ’, एक प्रशिक्षकले भने, ‘खेलाडीबिना बन्द प्रशिक्षण राष्ट्रिय प्रतियोगितामा जान थालेको यो पहिलोपटक हो ।’ जिल्ला छनोटपछि प्रदेशस्तरीय बन्द प्रशिक्षण राख्ने विषयमा सुदूरपश्चिम प्रदेश मौन रह्यो । खेलाडी नियमित प्रशिक्षणबाट राष्ट्रियका लागि गण्डकी प्रदेशतर्फ गइरहेका छन् ।

राष्ट्रिय प्रतियोगिताअन्तर्गत दुई दिनअघिदेखि प्रतियोगिता सुरु भइसके पनि नवौँका उद्घाटन आगामी शुक्रबार हुँदैछ । खेल तालिकाअनुसार यहाँबाट खेलाडी नवौँमा जाने क्रम सुरु भएको हो । यहाँ कतिपय जिल्ला छनोटमा सहभागी प्रशिक्षक-रेफ्रीलाई समेत दिनुपर्ने भत्ता रकम दिइएको छैन । 

यता सुदूरपश्चिम सामाजिक विकास मन्त्रालयले खेलकुदको समग्र जिम्मेवारी प्रदेश खेलकुद परिषदलाई दिइएको जनाएको छ । मन्त्रालयबाट नवौँ राष्ट्रियको व्यवस्थापनका लागि खटिएका नायबसुब्बा डम्बर रावलले प्रदेश सरकारबाट रकम निकासामा ढिलाइ हुनुका साथै बीचमा दसैँ पर्वका कारण प्रदेशको बन्द प्रशिक्षण हुन नसकेको दाबी गरे।

‘प्रदेश खेलकुद परिषद्ले एक महिना बन्द प्रशिक्षण गर्नुपर्ने प्रस्ताव अघि सारे पनि एक साताको मात्रै स्वीकृत मिल्यो’, उनले भने, ‘जिल्ला छनोट समयमा भए पनि प्रदेशबाट रकम निकास ढिलो हुँदा व्यवस्थापनमा समस्या भयो ।’ सुदूरपश्चिम प्रदेश सरकारले खेलकुदका लागि रु चार करोड ९० लाख र राष्ट्रिय खेलकुद परिषद्ले ४९ लाख रकम निकास गरेको रावलको भनाइ छ ।

‘खेलाडीलाई पोशाक राष्ट्रिय खेलकुद परिषद्ले र यातायात सुविधाका लागि हामी समितिहरू परिचालन गरेका छौँ’, रावलले भने, ‘खेलाडी, प्रशिक्षक र खेल व्यवस्थापक सोहीअनुसार गइरहेका छन् ।’ सुदूरपश्चिमबाट एकल र समूह खेलबाट खेलाडी, प्रशिक्षक र व्यवस्थापक गरी सात सय २० जना सहभागी गइरहेको रावलले बताए।

‘खेलाडीहरु लिएर आउनु भनेको छ, बाटो खर्चको व्यवस्थापन पनि आफैँ गर्नुपरेको छ’, एक प्रशिक्षकले भने, ‘खेलाडीलाई यति फितलो व्यवस्थापनमा लैजानुपर्ने अवस्था कहिल्यै आएको थिएन ।’ जिल्ला छनोट हुँदा खेल पोशाक भन्दै महेन्द्रनगरमा खेलाडीलाई जर्सी वितरण गरिएको थियो ।

‘प्रदेशबाट छनोट भइसकेपछि खेलाडीलाई खेल सामग्री नदिएर बसेकाहरू अहिले पोखरा पुगेर पदकको आशामा छन्’, एक खेलाडीले भने, ‘राज्यले दिएको लगानी सदुपयोग गरेमात्रै खेलाडीको अवस्थामा सुधार आउँथ्यो ।’

–शेरबहादुर सिंह रासस

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ११ : ३५ बजे

जग्गाको हक महिलाको नाममा हुनुपर्छ: उपसभामुख मगर

पाटन – उपसभामुख इन्दिरा रानामगरले जग्गाको हक महिलाको नाममा हुनुपर्ने

माओवादी केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ

काठमाडौं – नेकपा माओवादीका केन्द्रका उपमहासचिव मातृका यादव अस्वस्थ भएर

दुई किलो सुन बरामद प्रकरण : चिनियाँ नागरिक पक्राउ

काठमाडौं – नेपाल प्रहरीले गत बिहीबार नागढुङ्गाबाट बरामद भएको दुई

सर्वोच्चमा प्रस्तावित न्यायाधीशमाथि उजुरीकर्ताको गम्भीर आरोप

काठमाडौं – सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशमध्ये दुई जनामाथि उजुरीकर्ताले गम्भीर

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

दिनभर आजमा आयोगका सिफारिस कार्यान्वयन गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता, गगन थापाको