बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी | Khabarhub Khabarhub

बागमतीमा डेङ्गु सङ्क्रमितको सङ्ख्या २७ हजार बढी


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

बागमती– बागमती प्रदेशमा  लामखट्टेको टोकाइबाट हुने डेङ्गु रोगको सङ्क्रमणबाट साउन महिनादेखि हालसम्म २७ हजार सात सय ५० जना बिरामी भएको बागमती प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । साथै सो रोगको सङ्क्रमणबाट बागमती प्रदेशमा २१ जनाको मृत्यु भएको छ ।

 बागमती प्रदेशको १३ जिल्लामध्ये सो रोगको सङ्क्रमणबाट काठमाडौँ सबै भन्दा बढी प्रभावित भएको छ भने रसुवा सबैभन्दा कम प्रभावित भएको सो निर्देशनालयले जनाएको छ । काठमाडौँमा ११ हजार चार सय ६७ र रसुवामा सात जना सो रोगबाट सङ्क्रमित भएको जनाइएको छ ।

निर्देशनालयका अनुसार ललितपुरमा आठ हजार १५, मकवानपुरमा तीन हजार ६ सय चार, भक्तपुरमा दुई हजार एक सय आठ, चितवनमा  एक हजार एक सय ६९, धादिङमा ६ सय ३८, काभ्रेमा दुई सय १५, नुवाकोटमा एक सय ३१, सिन्धुलीमा एक सय १३, रामेछापमा एक सय २५, सिन्धुपाल्चोकमा ९९ र दोलखामा ६९ जनामा  डेङ्गु रोगको सङ्क्रमण पुष्टि भएको बताइएको छ ।

त्यस्तै प्रदेशमा हालसम्म सो रोगको सङ्क्रमणबाट २१ जनाको मृत्यु भएको सो निर्देशनालयका विवरणमा रहेको छ ।  काठमाडौँमा सात, सिन्धुली र रामेछाप तीन-तीन, ललितपुर, मकवानपुर र चितवनमा दुई -दुई, भक्तपुर र धादिङ्मा एक-एकजनाको मृत्यु भएको छ । 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : ०४ बजे

धेरै कमाउने खेलाडी : कसको आम्दानी कति ?

खराब समयमा गुज्रिएको डेढ वर्ष म्यानचेस्टर युनाइटेडमा बिताएपछि क्रिस्टियानो रोनाल्डो

इंग्लिस प्रिमियर लिग : लिभरपुलद्वारा फुल्हम पराजित

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले रोमाञ्चक जित निकालेको छ

एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दै

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठक आज

एनिमलको रेकर्ड : तीन दिनमा ‘२ सय करोड क्लब’ प्रवेश

काठमाडौँ– गत शुक्रबारदेखि प्रदर्शनमा आएको भारतीय फिल्म ‘एनिमलले’ शानदार व्यापार

कान पाक्ने समस्या र यसको उपचार

कान हाम्रो शरीरको अति नै महत्वपूर्ण र संवेदनशील अंग हो।