एनआरएनए भेला : विधान संशोधनमा विवाद « Khabarhub

एनआरएनए भेला : विधान संशोधनमा विवाद


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गैरआवासीय नेपाली संघको काठमाडौंमा जारी साधारणसभामा संघका अध्यक्ष कुल आचार्यले अनलाइन मतदानलाई अस्वीकार गरेपछि विवाद सिर्जना भएको छ । विवाद बढेपछि वर्तमान कार्यसमिति भंग गरेर तदर्थ समिति गठन गर्न माग गरिएको छ ।

मंगलबार रातिसम्म चलेको साधारणसभामा विधान संशोधनको पक्षमा बोल्दै संघका उपाध्यक्ष डिबी क्षेत्रीले सदस्यहरूको भावना नबुझी अझै पनि विवाद सिर्जना गर्ने हो भने वर्तमान कार्यसमितिको औचित्य नरहेको तर्क गरे । विधान संशोधन समितिको सर्वसम्मत निर्णयलाई आचार्यले संस्थापक अध्यक्ष उपेन्द्र महतोले अनलाइन भोटिङ नगर्नु भन्नु भएको भन्दै सो प्रस्तावलाई अस्वीकार गरेपछि साधारणसभा अनिर्णयको बन्दी बनेको छ ।

संघका उपाध्यक्ष महेश श्रेष्ठले अनलाइन भोटिङमा जान नहुने कारणको माग गरेका थिए । उनले अहिलेको जमाना डिजिटल प्रविधि भएको भन्दै अनलाइनमार्फत मतदानको माग गरेका छन् ।

साधारणसभामा अनलाइन भोटिङ र प्रतिनिधि छनोटका बारेमा आचार्यले तगारो हालेका थिए । विधान समितिले सो संशोधन प्रस्ताव संघका अध्यक्षद्वय रविना थापा र डा। बद्री केसी, महासचिवद्वय गौरीराज जोशी, डा. केशव पौडेलको समेत पूर्ण सहमतिमा संशोधन पेस गरेको थियो ।

साधारणसभामा बोल्दै संघका युवा उपाध्यक्ष रोशन थापाले संस्थामा पूर्वअध्यक्षहरूको रवैयाका कारणले संकटमा परेको भन्दै पूर्वअध्यक्षलाई टाढै बस्न सुझाव दिएका थिए । उनले संस्थापक अध्यक्ष महतोलाई आफ्ना भनाइ संस्थाभित्र आएर राख्न चुनौती दिए ।

साधारणसभामा उपस्थित एक पदाधिकारीले आचार्यको नियत र क्षमतामाथि प्रश्न उठेको बताए । ‘गत १० औं महाधिवेशनमा सत्ताको दम्भ देखाएर महाधिवेशन भाँड्ने काम भयो, अहिले फेरी संस्थापक अध्यक्षको नाम विवादमा पारियो’ उनले भने ।

विधान संशोधनमा सहमति नजुटेपछि कार्यकारी अध्यक्ष रविना थापाले बुधबारसम्म अध्यक्षदयका बीच सहमति खोजिने र सहमति नजुटे पुरानै विधानअनुरूप निर्वाचन हुने भन्दै साधारणसभा स्थगित गरेकी थिइन् ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  २ : २७ बजे

नेपालका लागि भारतबाट आइपुग्यो ३७.५ टन राहत सामग्री

काठमाडौं– भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि ३७.५

बुद्ध एयरको स्पष्टीकरण : विपद्का बेला साबिककै भाडादरमा थप उडान गरिरहेका छौँ

काठमाडौं– भोटेकोशी क्षेत्रमा आएको बाढी तथा पहिरोपछि हवाई भाडादर बढाइएको

परराष्ट्रमन्त्री र बङ्गलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता

काठमाडौं–  परराष्ट्रमन्त्री शिशिर खनाल र बङ्गलादेशका विदेशमन्त्री डा. खलिलुर रहमानबीच आज

विपद्‍मा सरकारलाई विपक्षीको ढाड्स- हामी साथमा छौं, सरकारले काम गरोस् 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले  बोलाएको सर्वदलीय बैठकमा

रसुवा बाढी पीडितलाई मह जोडीको दुई लाख सहयोग

काठमाडौं – चीन-नेपाल बाढीमा प्रभावितको लागि कलाकार जोडी मदनकृष्ण श्रेष्ठ