पालिकाको साझेदारीमा देउराली-सुनाकोट सडकखण्ड खुलाउने प्रयास « Khabarhub

पालिकाको साझेदारीमा देउराली-सुनाकोट सडकखण्ड खुलाउने प्रयास


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको दक्षिण क्षेत्रमा पर्ने श्रृङ मोटरमार्गअन्तर्गत देउराली-सुनाकोट सडकखण्ड पहिरोका कारण अवरुद्व बनेपछि यहाँका तीन पालिका मिलेर खोल्ने प्रयासमा लागेका छन् । जिल्लाको घिरिङ गाउँपालिका, भीमाद नगरपालिका र ऋषिङ गाउँपालिकाको साझेदारी लागतमा हिजोदेखि सडक खुल्ने कार्य अघि बढाइएको हो । गत मङ्गलबार परेको अविरल वर्षाका कारण सडक भासिएपछि अवरुद्ध सडकका कारण ठूला यातायातका सवारीसाधान ठप्प हुँदै आएको घिरिङ गाउँपालिकाले जनाएको छ । 

अविरल वर्षाले जिल्लाको घिरिङ गाउँपालिका–५ देउराली नजिकैको सडक पहिरिँदा तनहुँको ऋषिङ, घिरिङसहित स्याङ्जा, पाल्पा र नवलपरासी गरी चार जिल्ला गुड्ने सवारीसाधन ठप्प हुँदै आएका छन् । सडक मर्मत गर्नुपरेकाले आजदेखि उक्त सडक खण्डमा यातायात र सर्वसाधारणका लागि आवतजावत बन्द गरिएको छ । जिल्लाको भीमाद हुँदै गुड्ने श्रृगपथ सडक खण्डमा सडक भासिएपछि गत मङ्गलबारदेखि तनहुँसहित चार जिल्लाका सर्वसाधारणको आवागमन ठप्प हुँदै आएको छ । 

चाडपर्वको समयमा यात्रुको समस्यालाई मध्यनजर गरी तत्कालको लागि  दुबैतर्फ सवारी साधन सञ्चालनको ब्यवस्था मिलाएर यात्रुलाई गन्तव्यसम्म पुर्‍याइएको घिरिङ गाउँपालिकाका अध्यक्ष हेमबहादुर थापाले जानकारी दिए। 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ४ : १३ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको