कञ्चनपुरमा सात जनाले लिए उम्मेदवारी फिर्ता « Khabarhub

कञ्चनपुरमा सात जनाले लिए उम्मेदवारी फिर्ता


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर – कञ्चनपुरमा प्रदेश र प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेकामध्ये सात जनाले उम्मेदवारी फिर्ता लिएका छन् । बुधबार निर्धारित समयभित्र प्रतिनिधिसभातर्फ एक र प्रदेशसभातर्फ ६ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

क्षेत्र नम्बर १ मा प्रदेशसभातर्फ १ (१) मा उम्मेदवारी दिएका स्थिरप्रसाद घिमिरेले फिर्ता लिएका छन् । उक्त क्षेत्रमा प्रतिनिधिसभामा १० र प्रदेशसभाको दुवै क्षेत्रमा ८र८ जना उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा प्रदेशतर्फ २ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेश १ (१) बाट जीतबहादुर करियाकंग्रहवा र २ (२) बाट जोगराज भण्डारीले उम्मेदवारी फिर्ता लिएका हुन् । क्षेत्र नम्बर २ मा अब प्रतिनिधिसभामा १० र प्रदेशसभातर्फ दुवै क्षेत्रमा ९– ९ गरि १८ जनाको उम्मेदवारी रहेको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ ३ गरी ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । प्रतिनिधिसभामा सुनिलकुमार साउदले उम्मेदवारी फिर्ता लिएका हुन् । प्रदेशसभामा ३ (१) बाट कर्ण्बहादुर चन्द, पदमबहादुर लुहार र रामबहादुर जप्रेलले उम्मेदवारी फिर्ता लिएका छन् ।

 

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ७ : ३५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका