ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट « Khabarhub

ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको ताप्ली गाउँपालिका– ३ मा लगाइएको अबैध ३ हजार बोट गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठ सहित प्रहरी टोलीले ताप्ली गाउँपालिका– ३ अन्र्तगत डाँडागाउँ, फुर्के, दगलेमा लगाएको अबैध गाँजा नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा नष्ट गर्ने अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए । अहिले इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुबाट टोली खटाएका र आवश्यक परे जिल्ला प्रहरीबाट समेत टोली खटाउने तयारीमा रहेको डिएसपी कार्कीले बताए ।

प्रहरीले त्यस क्षेत्रमा बिगत ११ वर्ष देखि नियमित रुपमा गाँजा फडानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ०२ बजे

‘बालेन्द्र आएपछि केही चुनौती बढेको छ, झापा ५ मा हामी जित्छौँ’

काठमाडौं- यस पटको प्रतिनिधिसभाको निर्वानमा इपिक सेन्टर बनेको छ झापा

एनजीसीसीआई र केसीसीबीच उद्योग-शिक्षा सहकार्यका लागि समझदारी

काठमाडौं– नेपाल–जर्मन उद्योग वाणिज्य संघ (एनजीसीसीआई) र पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गतको कान्तिपुर

भौतिक मन्त्रालयलाई मुख्यमन्त्री कँडेलको निर्देशन : रुग्ण आयोजनाको ठेक्का तोड्नुस्

सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले ठेक्का लिने तर समयमा

ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच फेरि वार्ता हुने

एजेन्सी – अमेरिका र डेनमार्कबीच सन् १९५१ को ग्रीनल्याण्डसम्बन्धी रक्षा