ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट « Khabarhub

ताप्लीमा लगाइएको अबैध गाँजा नष्ट


२६ आश्विन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जिल्ला प्रहरी कार्यालय उदयपुरले उदयपुरको ताप्ली गाउँपालिका– ३ मा लगाइएको अबैध ३ हजार बोट गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय कटारी, प्रहरी चौकी रामपुर झिल्केबाट प्रहरी सहायक निरीक्षक यज्ञबहादुर श्रेष्ठ सहित प्रहरी टोलीले ताप्ली गाउँपालिका– ३ अन्र्तगत डाँडागाउँ, फुर्के, दगलेमा लगाएको अबैध गाँजा नष्ट गरेको हो ।

त्यस क्षेत्रमा गाँजा नष्ट गर्ने अभियान सुरु गरेको ईलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायव उपरीक्षक रविन कार्कीले जानकारी दिए । अहिले इलाका प्रहरी कार्यालय र मातहतका प्रहरी चौकीहरुबाट टोली खटाएका र आवश्यक परे जिल्ला प्रहरीबाट समेत टोली खटाउने तयारीमा रहेको डिएसपी कार्कीले बताए ।

प्रहरीले त्यस क्षेत्रमा बिगत ११ वर्ष देखि नियमित रुपमा गाँजा फडानी गर्दै आएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७९, बुधबार  ९ : ०२ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार