बहुगुणी तुलसीको पात कतिबेला खाने ? « Khabarhub

बहुगुणी तुलसीको पात कतिबेला खाने ?

‘आयुर्वेदिक फाइदा, सन्तुलन नमिलाउँदा जोखिम’



काठमाडौं – तुलसीको हरियो पातको रसमा ज्वानोको धुलो मिसाएर खाएमा पेटको जुका मर्दछन्। तुलसीका ९–१० पात र आधा गिलास मनतातो पानी राखी त्यसमा मह मिसाएर दिनको ३–४ पटक पिएमा रुघाखोकी निको हुन्छ। तुलसीको रसलाई सफा कपडाले छानेर दुई थोपा कानमा राखेमा कानको दुखाई ठीक हुन्छ।

माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ। तुलसीको दाना वा पात पिसेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ। तुलसीको १५–२० वटा पातलाई पानीमा राखेर उमाली त्यसमा थोरै विरेनुन राखेर खाँदा पेट ढुस्स परेको र अपच भएको निको हुन्छ।

तुलसीको रसले कुल्ला गरेमा दाँतबाट रगत बग्न रोकिन्छ र डाइरियामा लाभ गर्छ। बच्चाको पेट दुखेमा तुलसीको रस मनतातो बनाएर दुई चम्चा दिनको दुई पटक खानेगरेमा पेट दुख्न बन्द हुन्छ। हुन त तुलसीको पातले विभिन्न किसिमका स्वास्थ्य समस्यालाई निर्मुल पार्ने गर्दछ।

माकुरा र मुसाले टोकेको ठाउँमा तुलसीको पातको रस लगाएमा तत्काल आराम मिल्छ। तुलसीको दाना वा पात पिसेर गाईको दूधसँग मिसाएर खाएमा पखाला लागेको रोकिन्छ।

करिब–करिब सबै नेपालीको घरमा तुलसीको पात राखिएको हुन्छ। तुलसीको पूजा गर्नुका साथै यसको डाँढ तथा पातलाई औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ। तर, धेरैलाई थाहा नहुन पनि सक्दछ की तुलसीको पातले साइड इफेक्क पनि गर्छ।

तुलसीको पात कसले सेवन गर्दा बढी फाइदा हुन्छ ?
गर्भवती महिलाका लागि ठीक हुँदैन। तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यसँगै पेटमा हुर्किरहेको बच्चालाई पनि नोक्सान पुर्याउन सक्दछ। यतिसम्म कि कुनै–कुनै अवस्थामा त गर्भ नै तुहिनेसम्म हुन सक्दछ।

तुलसीको पातमा ऐस्ट्रागल नामक एक तत्व रहने गर्दछ। जसले गर्भासयमा असर पुर्याउने गर्दछ। मधुमेहका बिरामीले खानु हुँदैन विभिन्न किसिमका अध्ययनका अनुसार तुलसीका पातको सेवनले रगतमा चिनीको मात्रा कम हुन जान्छ।

मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ। औषधिको साथै तुलसीको पातले रगतमा चिनीको मात्रा ह्वात्तै घट्दा समस्या आउन सक्दछ।

विभिन्न किसिमका अध्ययनका अनुसार तुलसीका पातको सेवनले रगतमा चिनीको मात्रा कम हुन जान्छ।

प्रजननमा समस्या हुनत यस विषयमा गहिरो गरी अध्ययन हुन बाँकी रहे पनि यसको सेवनले सन्तान उत्पादन गर्ने उमेरका पुरुष तथा महिलामा उनीहरुको सन्तान उत्पादन क्षमतामा ह्रास ल्याइदिन सक्छ। तुलसीमा प्रजनन सम्बन्धि हर्मोन कम गर्ने क्षमता रहने हुँदा पनि फर्टिलिटीमा समस्या आउन सक्दछ।

रगत पातलो गर्दछ तुलसीको पात सेवनले शरीरमा रहेको रगत पातलो गर्न मद्दत गर्दछ। यदि कसैले रगत पातलो गर्ने औषधि लिइरहेको अवस्थामा तुलसीको पात पनि सेवन गरेमा दुवैको मिसावटले मानिसलाई नराम्रो असर पार्न सक्दछ। यसकारण तुलसीको पात वा अन्य औषधिमध्ये एउटा मात्र सेवन गर्नुपर्दछ।

मधुमेहका बिरामी जो औषधि सेवन गरिरहेका छन् भने तुलसीको पात खानु निकै हानिकारक बन्न सक्दछ।

डब्ल्यूएचओका अनुसार हामीले दुखाई कम गर्ने औषधि सेवन गरिरहेको बेला तुलसीको पात खानु हुँदैन्। यी दुवै चिज एकै पटक वा एकै समयमा नियमित खाएमा यसले कलेजोको कार्यप्रणालीमा गम्भीर असर पार्न सक्दछ।

तुलसीको पातलाई चपाएर भन्दा सिधै निल्न चिकित्सकहरुले सुझाव दिने गर्दछन्। किनभने तुलसीमा रहेको एक प्रकारको तत्वले मानिसको दाँतमा कालो दाग वा दब्बा बनाइदिन सक्दछ। यसकारण दाँतको प्राकृतिक चमक हराउन नदिन पनि तुलसीको पात चबाएर खानु राम्रो हुँदैन्। (आयुर्वेद डा. सविन दवाडीसँगको कुराकानीमा आधारित)

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : १२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा