एमाले अध्यक्ष ओली सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने « Khabarhub

एमाले अध्यक्ष ओली सुदूरपश्चिम जाँदै, तीन चुनावी सभालाई सम्बोधन गर्ने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओली चुनावी सभालाई सम्बोधन गर्न शनिबार सुदूरपश्चिम प्रदेश जाँदैछन्।

१८ कात्तिकमा दार्चुलाबाट चुनावी सभाको सुरुवात गरेर हालै मात्र काठमाडौं फर्किएका ओली फेरि सुदूरपश्चिम जान लागेका हुन्।

एमाले सुदूरपश्चिमका सचिव धर्मराज पाठकका अनुसार ओलीले आज तीन स्थानका चुनावी सभालाई सम्बोधन गर्ने छन्।

ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

ओलीले १८ कात्तिकमा दार्चुला, बैतडी र महेन्द्रनगरका तीन वटा सभालाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ६ : ४८ बजे

पेट्रोलियम पदार्थको मूल्य समायोजन

काठमाडौं– नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ

आजको मौसम : तराईका केही स्थानमा हुस्सु लाग्ने

काठमाडौं– हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा

ट्रम्पले ग्रीनल्याण्डमाथि धावा बोलेपछि फ्रान्सले भन्यो- इयूको ‘रणनीतिक जिम्मेवारी’ रहन्छ

पेरिस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सुरक्षाका कारण वासिङ्टनलाई स्वायत्त

कञ्चनपुरमा जलपन्छी गणना सम्पन्न, नतिजा केही दिनमै आउने

कञ्चनपुर– कञ्चनपुरका विभिन्न तालतलैया, नदी र सिमसार क्षेत्रमा यस वर्षको

पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको