दक्षिण युक्रेनका ४० सहर र गाउँ पुनः कब्जा गर्‍यौँ : जेलेन्स्की « Khabarhub

दक्षिण युक्रेनका ४० सहर र गाउँ पुनः कब्जा गर्‍यौँ : जेलेन्स्की


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किभ – किभको सेनाले दक्षिणी युक्रेनका ४० भन्दा बढी सहर र गाउँहरू पुनः कब्जा गरेको राष्ट्रपति जेलेन्स्कीले दाबी गरेका छन् । मस्कोले आफ्नो सेनाले रणनीतिक सहर खेरसनबाट पछि हट्न थालेको संकेत गरिरहेका बेला जेलेन्स्कीको दाबी आएको हो ।

यसैबीच संयुक्त राज्यले किभको लागि नयाँ ४ ०० मिलियन डलरबराबरको सुरक्षा सहायता प्याकेजको घोषणा गरेको छ, जसमा रक्षा प्रणाली र सतहबाट हावामा प्रहार गर्ने क्षेप्यास्त्रहरू समावेश हुनेछन् । रुसी सेनाले केही दिनअघि युक्रेनका प्रमुख पूर्वाधारहरूलाई लक्षित गरेको थियो ।

‘आज हामीसँग दक्षिणबाट राम्रो समाचार छ,’ जेलेन्स्कीले राष्ट्रलाई आफ्नो दैनिक सम्बोधनमा भने। ‘चलिरहेको रक्षा अपरेशनको भागको रूपमा आफ्नो सही स्थानमा फर्किने युक्रेनी झण्डाहरूको संख्या पहिले नै दर्जनौं छ’ जेलेन्स्कीले भने । उनले ४१ वटा बस्ती रुसी कब्जाबाट मुक्त गरिएको बताए ।

मस्कोले खेरसन सेनालाई हटाउनु ‘कठीन निर्णय’ भएको बताएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ७ : ५४ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी