निर्वाचन सफल पार्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री पोखरेल | Khabarhub Khabarhub

निर्वाचन सफल पार्न तीनै तहका सरकार लाग्नुपर्छ : मुख्यमन्त्री पोखरेल


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मङ्सिरमा हुने निर्वाचन सफल बनाउन तिनै तहको सरकार एक भएर लाग्नुपर्ने बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित प्रदेशस्तरीय सुरक्षा बैठकमा उनले निर्वाचन भयरहित, स्वतन्त्र बनाउनका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार एक भएर लाग्नुपर्ने बताएका हुन्। “आयोगलाई सरकारले पैसा छुट्याएको छ । त्यो भएन भने प्रदेश सरकारले हेरेर बस्ने कुरा पनि भएन”, उनले भने, “हाम्रो लक्ष्य यो अभियानलाई सफल बनाउने हो ।”

सङ्घीयता र लोकतन्त्रको मजबुती नै आवधिक निर्वाचनमा आधारित भएकाले यसलाई सफल बनाउन सबै क्षेत्र लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, “निर्वाचन एउटा प्रक्रिया मात्रै होइन । निर्वाचन यसो उसो गरेर भोट हालेर पठाउने मात्रै पनि होइन, भयरहित, शान्तिपूर्ण निर्वाचन भनेको जनताको मौलिक अधिकार पनि हो र जनताको आशा पनि हो ।”

यो पाँच वर्षको अवधिमा भएका काम र व्यवस्थाको निरन्तरता यो पटकको निर्वाचनले कायम गर्नुपर्ने उनले बताए । पाँच वर्षको सङ्घीयताको कार्यान्वयनको सन्दर्भमा प्रत्येक क्षेत्र नयाँ प्रयोग भएको उनले बताए । अधिकार क्षेत्रका विषयमा केन्द्रसँग विमती रहेको पनि उनले सुनाए । विविध समस्या रहँदारहँदै पनि निर्वाचन सफल बनाउन पछि नहट्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ११ बजे

आजका समाचार :आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिसदेखि श्रममन्त्रीका सय दिने उपलब्धिसम्म

संवैधानिक परिषद्‍बाट निर्वाचन आयुक्तमा कृष्णमान प्रधानको नाम सिफारिस निर्वाचन आयुक्तमा

डेब्यू कलाकार : निश्चलले देखाए सम्भावना, सुपाला र प्रशन अब्बल बालकलाकार

काठमाडौं – वि.सं. २०८१ को सुरुवाती २ महिना नेपाली फिल्मका

कांग्रेस नेता विष्टको ‘व्याधि र विजय’ पुस्तक सार्वजनिक

कालीकोट – नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका प्रमुख सचेतक

पाथीभरा केबलकार : तीन पालिकालाई बहिस्कार, विकास समिति बेखबर

काठमाडौं– अघिल्लो आलेख ( साला लिम्बुवानमा के छ ?) मा

बिहारको गङ्गा नदीमा डुङ्गा पल्टिँदा ६ जना बेपत्ता

पटना – पटना नजिकै रहेको बिहारको बारह क्षेत्रमा आइतबार गङ्गा