दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भवन बनाउने « Khabarhub

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले भवन बनाउने


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माण गर्ने योजना अघि सारेको छ ।

शुक्रबार बसेको नगर कार्यपालिकाको बैठकले आफ्नै प्रशासकीय भवन निर्माणका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई श्रोत सुनिश्चितताका लागि अनुरोध गर्ने निर्णय गरेको छ । हाल जिल्ला प्रशासन कार्यालयको जग्गामा तत्कालिन जिल्ला प्राविधिक कार्यालयको नाममा बनाइएको चार तले भवनबाट नगरपालिकाको कामकाज सञ्चालन हुँदैआएकोमा आफ्नै भवन बनाउने निर्णय गरिएको नगरपालिकाका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिए ।

तत्कालिन जिल्ला प्राविधिक कार्यालयको निर्माणाधिन भवनलाई नै नगरपालिकाले पूर्णता दिएर आफ्नो भवन बनाएको हो । १९ कोठा भएको भवन निर्माणका क्रममा नगरपालिकाको ५० प्रतिशत र संघीय सरकारको ५० प्रतिशत गरी ८९ लाख ६१ हजार (भ्याट वाहेक) बजेट खर्च भएको छ । भवन निर्माण भइरहेको बेला राज्य पुःर्नसंरचनाकाक्रममा प्राविधिक कार्यालय हटेपछि नगरपालिकाले सोही भवनलाई आफ्नो प्रयोजनका लागि निर्माण गर्ने अनुमती पाएको थियो ।

बैठकले आसन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, विश्वसनीय, मर्यादित, मितव्ययी र भयमुक्त वातावरणमा सम्पन्न गर्न र निर्वाचनका विषयमा मतदातालाई सुसूचित गराउनका लागि मतदाता शिक्षा कार्यक्रम चलाउन आवश्यक बजेट व्यवस्था गर्ने, आर्थिक वर्ष २०७८/०७९ मा विविध कारणले भुक्तानी हुन बाँकी रहेका विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी विवरण प्रमाणित गरी अल्याबाट भुक्तानी गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ९ : ५० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु