मनिषा कोइरालालाई बाबुरामको जवाफ : राजतन्त्र फर्कँदैन « Khabarhub

मनिषा कोइरालालाई बाबुरामको जवाफ : राजतन्त्र फर्कँदैन


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले अभिनेत्री मनिषा कोइरालातर्फ लक्षित गर्दै राजतन्त्र नफर्कने दाबी गरेका छन् ।

मनिसाले शुक्रबार काठमाडौंमा आयोजित राप्रपाको चुनावी सभालाई सम्बोधन गर्दै हलोमा भोट हाल्न आग्रह गरेकी थिइन्। त्यसक्रममा उनले बीपीको राष्ट्रिय मेलमिलापको नीति अरुले बिर्से पनि राजेन्द्र लिङ्देनले उठाइरहेकोले आफू प्रभावित भएको बताएकी थिइन्।

त्यसैतर्फ लक्षित गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले शनिबार सामाजिक सञ्जाल ट्वीटरमार्फत जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि संघीय लोकतान्त्रिक गणतन्त्र नउल्टिने बताएका हुन्।

‘बगेको खोलो फर्कदैन। ठूलो पहिरोले केही क्षण थुनिन सक्छ तर अन्तत : फेरि खुलेर अगाडि बढ्छ। प्रकृति र समाज विकासको शाश्वत नियम यही हो। अतः जतिसुकै ठुलो सेलिब्रेटीको मुखारविन्दबाट निस्केपनि हाम्रो संघीय लोकतान्त्रिक गणतन्त्र उल्टिँदैन। यस्ता उडन्ते कुरालाई महत्व नदिऊँ। समय र शक्ति बरबाद नगरौं’, उनले भनेका छन्।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  ११ : ५६ बजे

भालुको पित्त र हात्तीको दाह्रासहित तीनजना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले संरक्षित वन्यजन्तु भालुको पित्त र हात्तीको दाह्रासहित

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज बुधबार, श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २१ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २१ गते बुधबारको राशिफल

काठमाडौँ – आज २०८३ साल असोज २१ गते बुधबार सन्

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका