बाइडेन मोदीलाई भेट्न उत्सुक : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभान « Khabarhub

बाइडेन मोदीलाई भेट्न उत्सुक : अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार सुलिभान


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

वाशिङ्गटन – अमेरिकी राष्ट्रपति जो बाइडेन यस वर्षको जी-२० शिखर सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न उत्सुक रहेको अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले शुक्रबार उल्लेख गरेका छन्। भारतले आगामी डिसेम्बरको १ देखि जी-२० को अध्यक्षता गर्देछ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्ने क्रममा सुलिभानलाई प्रधानमन्त्री मोदी ह्वाइट हाउसको भ्रमण गर्ने हो कि भनेर सोधिएको प्रश्नको जवाफमा उनले भने, “भारत अर्को वर्ष जी-२० को अध्यक्ष हो र राष्ट्रपति बाइडेन जी-२० मा सहभागी हुन चाहनुहुन्छ र सम्भवत भेट त्यतै हुनेछ। राष्ट्रपति बाइडेनको पदभार ग्रहण लगत्तै प्रधानमन्त्री मोदी ह्वाइट हाउस पुगेका थिए।

“दुई नेताले पटक-पटक फोन वार्ता र भिडियो वार्ता गरिरहनु भएको छ। अमेरिका-भारत साझेदारीलाई बलियो बनाउने लगयातका दुईपक्षीय चासोका मुद्दाहरूमा दुई नेता बीच छलफल भइरहेका छन् र राष्ट्रपति बाइडेन प्रधानमन्त्री मोदीलाई भेट्न उत्सुक हुनहुन्छ,” सुलिवानले भने।

यसअघि शुक्रबार राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रसंघको २७औँ जलवायु परिवर्तन सम्मेलन (कोप २७) को छेउमा इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीसँग पनि भेटवार्ता गरेका थिए।

इतिहासमा सबैभन्दा ठूलो हरितगृह ग्यास उत्सर्जन गर्ने देश भएकोमा अमेरिकाले व्यापक आलोचनाको सामना गरिरहेको बेला राष्ट्रपति बाइडेनले संयुक्त राष्ट्रको जलवायु वार्तालाई सम्बोधन गरेको न्युयोर्क टाइम्सले उल्लेख गरेको छ।

जी-२० अन्तरराष्ट्रिय आर्थिक सहयोगको लागि प्रमुख मञ्च हो जसले विश्वव्यापी जिडिपिको को लगभग ८५ प्रतिशत, विश्वव्यापी व्यापारको ७५ प्रतिशत भन्दा बढी र विश्व जनसङ्ख्याको लगभग दुई तिहाईको प्रतिनिधित्व गर्दछ।

जी-२० अध्यक्षताको अवधिभर भारतले देशका विभिन्न स्थानहरूमा लगभग २०० वटा बैठकहरू आयोजना गर्नेछ। अर्को वर्ष हुने जी-२० शिखर सम्मेलन भारतले आयोजना गर्ने सबैभन्दा उच्च महत्त्वको अन्तरराष्ट्रिय सम्मेलनहरू मध्ये एक हुनेछ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : १० बजे

बालेन सरकारको सय दिनमा तीन सुकुम्वासीको मृत्यु, व्यवस्थापनमा तैँ चुप, मैँ चुप

काठमाडौं- आइतबार प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को नेतृत्वमा सरकार गठन

काठमाडौं गोर्खाजको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक्स

काठमाडौं– एग्रो थाई फुड्स प्रालिद्वारा उत्पादित इनर्जी ड्रिंक्स ब्रान्ड एक्स्ट्रिम

आर्थिक शिथिलता चिर्ने प्रकारको मौद्रिक नीति आवश्यक

काठमाडौं– निजी क्षेत्रका प्रतिनिधि, बैंकर र पूर्व गभर्नरहरूले मुलुकको वर्तमान

‘ठूलो लगानीमा बनेको’ फिल्म ‘नागबन्धम’ नेपालमा पनि प्रदर्शन

काठमाडौं – ठूलो बजेटमा बनेको फिल्मका रुपमा दक्षिण भारतमा चर्चा

मालदह आँपको मूल्य बढ्यो

धनुषा– मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि बजारमा