ठाकुर गैरेको संकल्प : 'सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु' | Khabarhub Khabarhub

ठाकुर गैरेको संकल्प : ‘सत्यवतीलाई धार्मिक पर्यटन गन्तव्य बनाउँछु’


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

बुटवल – नेकपा एमालेका पोलिटब्यूरो सदस्य ठाकुर गैरले सत्यवती क्षेत्रलाई धार्मिक पर्यटकीय स्थलको नयाँ गन्तव्य बनाउने बताएका छन्। पाल्पा- २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार गैरेले तिनाउँ गाउँपालिका–४ सत्यवतीमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा यस्तो बताएका हुन्।

उनले सत्यवती क्षेत्र आफैमा पनि पर्यटकीय हिसाबले महत्वपूर्ण क्षेत्रको रुपमा रहेकोले यस क्षेत्रको प्रवर्द्धनका लागि आफूले पहल गर्ने बताए। नेता गैरेसँगको भेटघाटका क्रममा मतदाताहरुले स्थानीय जाल्माघाट र गोलमन्दी घाटमा पक्की पुल बनाउनु पर्ने, यहाँको कृषि क्षेत्रको विकासका लागि खास योजना बनाउनुपर्ने लगायतका मागहरु राखेका थिए। मतदाताहरुसँगको छलफलका क्रममा नेता गैरेले जनताको भावना र आवश्यकता अनुसार आफू सधैं जनताकै सेवकको रुपमा काम गर्ने प्रतिबद्धता जनाए।

पाल्पा क्षेत्र नं. २ (२) का प्रदेशसभा सदस्यका उम्मेदवार ओमबहादुर घर्ती पनि सोही क्षेत्रका मतदाताहरुसँग भेटघाटमा रहे। उनले आफू यसअघि तिनाउँ गाउँपालिकाको अध्यक्षको रुपमा रही काम गरेको समयमा पनि यस क्षेत्रमा धेरै कामहरु भएको र आगामी दिनमा पनि थप कामहरु गर्ने प्रतिबद्धता जनाए।

क्षेत्र नं. २ (१) का प्रदेश सभा सदस्यका उम्मेदवार परशुराम भट्टराई तानसेन नगरपालिकाको वडा नं. २ र ६ का मतदाताहरुको घर घरमा घरदैलो कार्यक्रममा व्यस्त रहे। घरदैलो कार्यक्रममा उनले मतदाताहरुलाई विश्वस्त पार्दै ऐतिहासिक तानसेन शहरलाई पर्यटनको आकर्षणको रुपमा विकास गर्न, तानसेनको खानेपानीको उचित व्यवस्थापन, सडकको स्तरोन्नति साथै नगरका ग्रामीण बस्तीहरुमा कृषिको आधुनिकीकरणमा आफ्नो पहल रहने बताए।

घरदैलो कार्यक्रममा उम्मेदवार भट्टराईले तानसेन नगरपालिकाका जनताको आयस्तरमा वृद्धि गर्न र स्वरोजगार गराउन स्थानीयस्तरमा सञ्चालित ढाका करुवा उद्योगहरुलाई व्यवस्थित गराउन आफू प्रतिबद्ध रहेको बताए।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : २३ बजे

उत्तरी म्यान्मामा बाढीका कारण दुई हजार घर विस्थापित

एजेन्सी– भारी वर्षाका कारण अय्यारवाडी नदी खतराको संकेतभन्दा माथि बगेपछि

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

काठमाडौं– नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा

ओलीले बोलाए आफ्ना मन्त्रीहरूलाई बालकोट 

काठमाडौं– एमाले अध्यक्ष  केपी शर्मा ओलीले आफ्ना मन्त्रीहरूलाई छलफलमा बोलाएका छन्

सत्ता समीकरणको विषयमा अहिलेनै बोल्न उपयुक्त हुँदैन : प्रवक्ता महत

काठमाडौं– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले सत्ता समीकरणको विषयमा

पदाधिकारी बैठकमा देउवाको  ब्रिफिङ – एमालेसँगको कुराकानी सकारात्मक छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमालेसँगको सम्बन्ध सुमधुर रहेको