इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता | Khabarhub Khabarhub

इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इलाम – चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ। आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ। किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ। बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन्। पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन्।

जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन्। उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ। इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्छन्, “वर्षभरिको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला की भन्ने मात्र पिर छ।” पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उनले भने, “यो साल त बेलैमा धान भ्यिाउन पाए हुन्थ्यो।”

सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ। “चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जस्ले जितुन, काम कसैले गर्ने होइन क्यारे।” उनले विसं २०४८ बाट निरन्तर मतदान गर्दै आएका छन्। “ म जस्ता हजारौँ किसानको दुख जस्ताको त्यस्तै छ। उनीहरु भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै।”

माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैँ जस्तो फलेको छैन। बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्छन्, “उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन। कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ।”

पटकपटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केही राहत पुर्‍याउन नसकेको भन्दै किसान निराश देखिन्छन्। फाकफोकथुम वडा नं ३ की प्रमिला राईको १६ मुरी धान फल्ने खेत छ। तर मल र खेताला लगाउन नसक्दा यो पटक आधा खेत बाँझै राख्नुपर्‍यो। राईले भने ,“अर्मपर्म जान सकिदैन, साना बच्चा छन्। जसोतसो छ गरा धान लगाएको थिए। अब थन्क्याउने बेला मुस्किल छ”, खेताला अभावका कारण एक्लै धान काट्ने तयारी सुनाउँदै उनी भन्छन्,“एक हप्ता लगाएर एक्लै काट्छु भोटहाल्न जानुभन्दा त एक गरा धान पो काटिन्छ।”

बिहान उठेदेखि साँझसम्म खेतबारीमा नङ्ग्रा खियाएर गुजारा टार्दै आएका किसानलाई निर्वाचनले छोएको छैन। “मङ्गलबार एकैदिन दुई हुल मानिस आएर आआफ्नै पार्टीको भोट मागेर गए। दिनभरिको काम गफ गरेरै बित्यो”, इलाम साँघुबेसीका हर्क मगरले भने, “यो गर्छौ, त्यो गर्छौ भोट चाहियो भन्नुभयो। आफूलाई पाकेको अन्न घर भित्र्याउन चिन्ता छ। के को घोषणापत्र ? कस्तो योजना ? वास्ता पो गरिएन।”

इलामका अधिकांश किसान धान खेतीमा निर्भर छन्। धान र चिया नै इलामका कृषकको मुख्य खेती मानिन्छ। किसानका समस्या भने धेरै छन्। न समयमा मल पाइन्छ न त राज्यले बीविजनमा अनुदान नै दिन्छ। आधुनिक कृषि प्रविधिको अभाव छ। उनीहरु सामान्यताः खेतबारीमा काम गर्दा प्रयोग हुने गम्बुट, डोका, नाम्ला र बीउविजन सरकारले उपलब्ध गराए हुन्थ्यो भन्छन्। सुन्दा सामान्य लागेपनि किसानका लागि यो ठूलो अभाव हो।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : ३० बजे

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट