इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता « Khabarhub

इलाम : उम्मेदवारलाई भोट र किसानलाई धान थन्काउने चिन्ता


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

इलाम – चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ। आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ। किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ। बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन्। पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन्।

जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन्। उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ। इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्छन्, “वर्षभरिको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला की भन्ने मात्र पिर छ।” पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उनले भने, “यो साल त बेलैमा धान भ्यिाउन पाए हुन्थ्यो।”

सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ। “चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जस्ले जितुन, काम कसैले गर्ने होइन क्यारे।” उनले विसं २०४८ बाट निरन्तर मतदान गर्दै आएका छन्। “ म जस्ता हजारौँ किसानको दुख जस्ताको त्यस्तै छ। उनीहरु भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै।”

माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैँ जस्तो फलेको छैन। बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्छन्, “उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन। कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ।”

पटकपटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केही राहत पुर्‍याउन नसकेको भन्दै किसान निराश देखिन्छन्। फाकफोकथुम वडा नं ३ की प्रमिला राईको १६ मुरी धान फल्ने खेत छ। तर मल र खेताला लगाउन नसक्दा यो पटक आधा खेत बाँझै राख्नुपर्‍यो। राईले भने ,“अर्मपर्म जान सकिदैन, साना बच्चा छन्। जसोतसो छ गरा धान लगाएको थिए। अब थन्क्याउने बेला मुस्किल छ”, खेताला अभावका कारण एक्लै धान काट्ने तयारी सुनाउँदै उनी भन्छन्,“एक हप्ता लगाएर एक्लै काट्छु भोटहाल्न जानुभन्दा त एक गरा धान पो काटिन्छ।”

बिहान उठेदेखि साँझसम्म खेतबारीमा नङ्ग्रा खियाएर गुजारा टार्दै आएका किसानलाई निर्वाचनले छोएको छैन। “मङ्गलबार एकैदिन दुई हुल मानिस आएर आआफ्नै पार्टीको भोट मागेर गए। दिनभरिको काम गफ गरेरै बित्यो”, इलाम साँघुबेसीका हर्क मगरले भने, “यो गर्छौ, त्यो गर्छौ भोट चाहियो भन्नुभयो। आफूलाई पाकेको अन्न घर भित्र्याउन चिन्ता छ। के को घोषणापत्र ? कस्तो योजना ? वास्ता पो गरिएन।”

इलामका अधिकांश किसान धान खेतीमा निर्भर छन्। धान र चिया नै इलामका कृषकको मुख्य खेती मानिन्छ। किसानका समस्या भने धेरै छन्। न समयमा मल पाइन्छ न त राज्यले बीविजनमा अनुदान नै दिन्छ। आधुनिक कृषि प्रविधिको अभाव छ। उनीहरु सामान्यताः खेतबारीमा काम गर्दा प्रयोग हुने गम्बुट, डोका, नाम्ला र बीउविजन सरकारले उपलब्ध गराए हुन्थ्यो भन्छन्। सुन्दा सामान्य लागेपनि किसानका लागि यो ठूलो अभाव हो।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १२ : ३० बजे

विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक : २७ हजार बढी लाभान्वित

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको विशेषज्ञ वडा स्वास्थ्य क्लिनिक

कास्कीको घान्द्रुकमा पर्यटकीय चहलपहल

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ स्थित रमणीय गाउँ घान्द्रुकमा

अमेरिका–इरान तनाव : ट्रम्प भन्छन्, सम्झौता बिना पछि हट्दैनौं’

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग नयाँ सम्झौता नभएसम्म

इटहरी गोल्डकपको उपाधि मोरङलाई

सुनसरी – सोह्रौँ संस्करणको अन्तरराष्ट्रिय आमन्त्रण रेडबुल इटहरी गोल्डकप फुटबल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय