‘हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र सम्भव भएको हो’ « Khabarhub

‘हसियाँ हथौडा र रुखबीच सम्झौता भएर नै गणतन्त्र सम्भव भएको हो’


२६ कार्तिक २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

गोरखा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हसियाँ हथौडारुखबीच सम्झौता भएर नै देशमा गणतन्त्र र नयाँ संविधान सम्भव भएको बताएका छन् ।

चुनाव प्रचार–प्रसारका लागि गोरखामा रहेका उनले पालुङटार नगरपालिकामा आज बिहान आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अब रुखले हसियाँ हथौडाहसियाँ हथौडाले रुखमा मतदान गर्न हिच्किचाउने नपर्ने बताएका हुन् ।

अध्यक्ष दाहालले कांग्रेस र माओवादी मिलेर गणतन्त्र र संविधान सम्भव भएजस्तै अब विकास र समृद्धि पनि दुबै दल मिलेर नै  गर्न सहज  हुने बताए । ‘राजनीतिक परिवर्तन भयो, तर जनताले अनुभुति गर्ने गरी आर्थिक समृद्धि हुनसकेन’, उनले भने, ‘अब राजनीतिक परिवर्तनको रक्षा र आर्थिक क्रान्तिको थालनी गर्नुपर्छ भन्ने हामी गठबन्धनका नेताले गहनरुपले अनुभूति गरिसकेका छौँ ।’

अध्यक्ष दाहालले  लामो समयदेखि बन्द रहेको पालुङटार एयरपोर्ट भिन्नरूपमा सञ्चालन गर्ने आफ्नो योजना  रहेकोसमेत बताए । ‘चुनाव अगाडि पुनः सञ्चालन गर्ने भन्ने नै थियो’, उनले भने, ‘निर्वाचनअघि आचारसंहिता लाग्ने भएकाले अब निर्वाचन सकिने बित्तिकै नयाँ ढङ्गबाट पहल सुरु हुन्छ ।’ उनले एयरपोर्ट सञ्चालनका लागि नागरिक उड्डयन प्राधिकरणसँग आफूले छलफल गरिसकेको जानकारी पनि दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७९, शनिबार  १ : ४६ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै