रञ्जिताको राजनीतिक परीक्षा « Khabarhub

रञ्जिताको राजनीतिक परीक्षा

रेशम चौधरीको संघर्षलाई न्याय गर्ने संसदीय सारथी


२६ मंसिर २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँकी नेवार बस्तीकी रञ्जिता श्रेष्ठ सञ्चारकर्मी हुन्। व्यावसायिक रुपमा उनले काठमाडौँमै पत्रकारिता गरिन्। रेशम चौधरीसँग बिहे गरेपछि मोफसलमा उनले कैलालीको टीकापुरमा रेडियो फूलबारीमा रेडियो कार्यक्रम चलाउँथिन्।

रेडियोमा बोल्न रुचाउने उनले जीवनमा कहिल्यै सांसद बन्छु र सक्रिय राजनीति गर्छु भन्ने सोचेकी थिइनन्। तर यो मानव जीवन हो, कहिलेकाहीँ नसोचेको भइदिन्छ। झण्डै ८ वर्षअघि टीकापुर घटना भएपछि रञ्जिताले बोल्ने रेडियोमा आगजनी भयो।

रेडियो जल्यो। टीकापुर घटनाले श्रीमान् रेशम चौधरीले जेल पुर्‍यायो। जेलबाटै रेशम चौधरी सांसद बनेर शपथ पनि खाएका हुन्। सांसद बनेपछि शपथ खाएका उनी संसद् भवन जानुपर्ने थियो। तर संसद् भवन होइन, उनी फेरि डिल्लीबजार कारागार पुगे।

कारागारबाटै उनले नयाँ पार्टी स्थापना गर्ने घोषणा गरे। जेलमा रहेका कारण उनले नेतृत्व गर्ने अवसर पाएनन्। श्रीमती रञ्जितालाई अध्यक्ष बनाए। रञ्जिताकै अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशमले यसपटक पनि कैलाली क्षेत्र नं. १ बाटै उम्मेदवार बन्ने चर्चा थियो।

तर फौजदारी अभियोग लागेका कारण उनी उम्मेदवार हुन पाएनन्। उनको ठाउँमा रञ्जिताले अवसर पाइन्। प्रतिनिधिसभा उम्मेदवार बनिन्। रेशम चौधरीले जस्तै उनले पनि भारी मतले जितिन्। शपथ खान बाँकी भएपनि उनले कैलालीका जनताको अमूल्य भोट पाएर चुनाव जितेकी छन्।

त्यो भनेको रेडियोमा बोल्न रहर गरेकी उनी अब सांसद भएकी छन्। यो उनले नसोचेको तर जीवनमा गर्नुपर्ने नयाँ जिम्मेवारी अब पूरा गर्नुपर्नेछ। रेशम चौधरीको जीवन र संघर्षमा चट्टानझैँ उभिएकी उनले सफलता मात्रै पाएकी छैनन्।

त्यसले लिएको जीवनकै सबैभन्दा कठिन संघर्ष पनि पूरा गरेकी छन्। त्यसैले अबका दिनमा रञ्जिताको राजनीति सरल हुने छैन। संसद्मा उनको आवाज काठमाडौँका रैथाने नेवारका लागि नभई, कैलाली, बर्दिया, दाङदेखि कञ्चनपुरसम्म छरिएका आदिवासी थारु समुदायका लागि हुनेछ।

किनकी उनले तिनै थारु समुदायको भोट पाएर संसद्मा सांसद भएकी हुन्। उनले सांसद जितेपछि काठमाडौँमा नेवार समुदायकै सोर्स फोर्सका लागि उनलाई ठूलै लबिङ हुन सक्छ। तर त्यसमा पनि अल्झिने छुट, रञ्जितालाई छैन।

रञ्जिताको हिँड्ने बाटो अब हिजोको जस्तो एउटा पूर्वसञ्चारकर्मका लागि मात्रै हुने छैन। परिवर्तन, पहुँच, समानता र समावेशी अवसरका लागि हुनेछ। जुन उनले सोचेभन्दा पनि बढी सङ्घर्षशील छ। सरकारले ल्याएको नयाँ अध्यादेशले रेशम चौधरीलाई रिहाइ हुने आशा बढाएको छ।

यसले रञ्जिताको संघर्षमा ठूलै राहत दिनेछ। तर नसोचेको र नदेखेको सपना आँखै अगाडि पूरा हुँदा रञ्जिता केवल सांसद् मात्रै होइनन्, सीमान्तकृत महिला र समुदायका लागि नयाँ भविष्य निर्माता पनि बन्न सक्छिन्। जुन चुनौती उनले अब सामना गर्नुपर्नेछ।

प्रकाशित मिति : २६ मंसिर २०७९, सोमबार  १० : ५३ बजे

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि

आजका समाचार : कांग्रेस महाधिवेशनमा मनोनयन दर्ता, विश्व र पुष्पा निर्विरोध, टीकाको साइत सार्वजनिक  र भौतिकशास्त्रतर्फ नोबेल पुरस्कार

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्तानेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति

निजी क्षेत्रलाई नीति निर्माण र कार्यान्वयनको प्रक्रियामा सहभागी गराउनुपर्ने : अध्यक्ष श्रेष्ठ

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु परिवर्तनका

कांग्रेस सभापतिमा तीन जनाको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदमा तीन जनाले