बेलैमा ख्याल नगरे बिग्रनसक्छ कलेजो | Khabarhub Khabarhub

बेलैमा ख्याल नगरे बिग्रनसक्छ कलेजो


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलेजोमा धेरै खालका समस्या देखिने गरेको विभिन्न अनुसन्धानले देखाएका छन् । केही समस्या जन्मजात वा वंशाणुगत हुने गर्दछन् भने केही समस्या व्यक्तिको जीवनशैलीका कारण निम्तिने गर्छन् ।

कलेजोमा लाग्ने रोगहरुलाई शल्यक्रिया र अन्य चिकित्सा पद्धतिद्वारा उपचार गरिन्छ ।

त्रि. वि. शिक्षण अस्पतालको कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीका अनुसार यदि यससम्बन्धि समस्या देखिए या कलेजोको क्यान्सर भए सिस्टहरुलाई शल्यक्रियामार्फत काटेर फाल्नुपर्ने हुन्छ । यस्तो समस्यालाई सिरोसिस भनिन्छ । सिरोसिस भन्नाले कलेजोको रोग अन्तिम अवस्थामा पुगेर कामै नलाग्ने भएको अवस्था हो ।

डा. रमेशसिंह भण्डारी नेपालमा सबैभन्दा बढी सिरोसिस हुने कारणबारे यसो भन्छन्:

– अत्यधिक मद्यपान गर्नु

– हेपाटाइटिस बी रोग लाग्नु

– कलेजोमा बोसो जम्नु

उनका अनुसार कहिलेकाहीँ कलेजो के कारणले बिग्रिन्छ भन्ने कुरा पत्ता लगाउनै सकिँदैन । कलेजो बिग्रिनु वा सिरोसिस हुनुमा धेरै कारणहरु हुन सक्छन् । तीमध्ये हेपाटाइटिस बी को सङ्क्रमण पनि एक हो । त्यसैगरी विषादीयुक्त खानपानले पनि एक दुई हप्तामै सामान्य व्यक्तिको कलेजो बिगार्न सक्छ । यस्तो अवस्थामा कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था आउन सक्छ ।

कलेजो प्रत्यारोपण के हो ?

सामान्य भाषामा भन्नुपर्दा जुन व्यक्तिलाई कलेजो चाहिएको हो, उसको कलेजोको बिग्रिएको भाग निकाल्नु पर्छ र त्यो निकालिएको भागमा कलेजो दिने व्यक्तिको लगभग ४० देखि ६० प्रतिशत कलेजो काटेर रगतका नशाहरु र पित्तनलीका नसाहरुलाई मिलाएर जोड्नुपर्छ यो प्रक्रियालाई कलेजो प्रत्यारोपण भनिन्छ ।

कलेजो प्रत्यारोपण गर्नुभन्दा अगाडि लिने व्यक्तिलाई कति कलेजो चाहिन्छ र दिने व्यक्तिले कति दिँदा उसको स्वाास्थ्यमा असर पर्दैन भन्ने परीक्षण गरिन्छ । त्यसपछि मात्र कलेजो प्रत्यारोपण गरिन्छ ।

प्रत्यारोपण गरिएको कलेजो बन्न लाग्ने समय

डा. भण्डारीका अनुसार कलेजो लिने व्यक्तिको शल्यक्रिया ठूलो र जटिल हुन्छ । दिने व्यक्तिको शल्यक्रिया पनि लगभग जटिल नै हुन्छ । त्यसकारण दिने व्यक्तिलाई पनि एक, दुई दिन आईसीयूमा राख्नुपर्ने हुन्छ ।

उन अनुसार कलेजो दान गर्ने व्यक्ति शल्यक्रियापछि चारदेखि ६ हप्तामा सामान्य अवस्थामा पुगेर दैनिक कार्यमा फर्किन सक्छ । कलेजो दिने व्यक्तिले आवश्यकताअनुसार आफ्नो कलेजोको ४० देखि ६० प्रतिशतसम्म भाग दिनुपर्ने हुन्छ ।

दिने व्यक्तिको शल्यक्रिया भएको दुई हप्तामा उसको ९० प्रतिशत कलेजो पलाइसकेको हुन्छ ।

कलेजो प्रत्यारोपण गरिएको व्यक्तिलाई शल्यक्रियापछि एक हप्तासम्म आईसीयूमा राखिन्छ । आइसियुबाट निकालिएको दुई वा तीन हप्तापछि अस्पतालबाट डिस्चार्ज गरिन्छ । डाक्टरका अनुसार डिस्चार्ज भएपछि पनि कलेजो प्रत्यारोपण गरिएको व्यक्तिले धेरै सावधानी अपनाउनुपर्ने हुन्छ ।

प्रत्यारोपण गरिसकेपछि ध्यान दिनुपर्ने कुराहरु

– सबैभन्दा बढी सङ्क्रमण हुनबाट बच्ने ।

– अस्पताल गएर नियमित जाँच गराउने ।

– मद्यपान र धुम्रपानबाट टाढा बस्ने ।

– चिकित्सकले दिएको औषधी ठिक समयमा सेवन गर्ने ।

– सकेसम्म घरबाट बाहिर केही समयसम्म ननिस्किने ।

– बाहिर निस्किँदा मास्क प्रयोग गर्ने ।

– भिडभाडमा नजाने ।

– घरमै पनि सावधानीपूर्वक बस्ने ।

– रुघाखोकीजस्ता सरुवा रोग लागेका व्यक्तिको सम्पर्कमा नजाने ।

– खानपिनमा धेरै ख्याल गर्ने ।

– औषधीको जथाभावी प्रयोग नगर्ने ।

– शल्यक्रिया गरिएको ६ महिना वा एक वर्षसम्म धेरै सावधानी अपनाउने

(कलेजो प्रत्यारोपण एकाइका प्रमुख डा. रमेशसिंह भण्डारीसँग गरिएको कुराकानीमा आधारित)

 

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ८ : ०० बजे

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

काठमाडौं– गत भदौ २३ र २४ गते देशभर भएको जेन–जी