टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन « Khabarhub

टेलिकमको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन सञ्चारमन्त्रीको निर्देशन


२३ कार्तिक २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले नेपाल टेलिकमको पहुँच विस्तारसँगै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।

नेपाल टेलिकमको आज निरीक्षण तथा ‘एनटी फाइबर विद्यार्थी अफर’ घोषणा कार्यक्रममा मन्त्री खरेलले नेपाल टेलिकमलाई सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्न निर्देशन दिए ।

उनले भने, “सरकारको पहिलो प्राथमिकता निर्वाचन र सुशासन हो, त्यसैले अब टेलिकमको सेवालाई सुशासनसँग जोडेर हेर्नैपर्छ । सुशासनसँगै जोडेर मैले यो कुरा भनेको हुँ, सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका लागि प्रयास गर्नैपर्छ । छोटो अवधि भए पनि केही न केही काम गर्नुपर्ने यो सरकारलाई दबाब छ, चुनौती र ऊर्जा पनि छ ।”

सञ्चारमन्त्री खरेलले नेपाल टेलिकमको काममा ढिलाइ गर्ने वा जनतालाई गुणस्तरीय सेवा नदिने ठेकेदारको सम्झौता तत्काल रद्द गर्न निर्देशन दिए । “टावरलगायत पूर्वाधारको काममा जो–जो ठेकेदारले समयमा नै काम नगरेर ‘होल्ड’ गरेका छन् उनीहरुको ठेक्का रद्द गरेर काम गर्ने ठेकेदारलाई जिम्मा दिनुपर्छ”, उनले भने ।

राष्ट्रको सञ्चार टेलिकमले आफ्नो सेवालाई थप प्रभावकारी बनाउन आग्रह गर्दै मन्त्री खरेलले टेलिकमको कुनै पनि अफ्ठ्यारामा सरकार र मन्त्रीको सधैँ साथ सहयोग रहने विश्वास दिलाए । उनले भने, “टेलिकमको सेवा गुणस्तरीय र प्रभावकारी हुनुपर्ने छँदैछ तर टेलिकमले आफूलाई अब सुशासनयुक्त कम्पनीका रुपमा स्थापित गर्नुपर्नेछ । सुशासनका सुखद समाचार जनमानसमा आउन जरुरी छ, यो मेरो अपेक्षा छ । टेलिकमलाई नेपालको अब्बल संस्थाका रुपमा स्थापित गर्न जरुरी छ ।”

मन्त्रालयमा टेलिफोन र इन्टरनेट प्रभावकारी नभएको गुनासो आइरहेको भन्दै मन्त्री खरेलले दुर्गम क्षेत्रमा दूरसञ्चारको पहुँच विस्तार र सेवाको गुणस्तर अभिवृद्धिमा ध्यान दिन आग्रह गरे ।

प्रकाशित मिति : २३ कार्तिक २०८२, आइतबार  ९ : २५ बजे

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि

बूढीगण्डकी बाढी : आरुघाटमा बेलीब्रिज जडानको तयारीमा खटियो सेनाको टोली

काठमाडौं । बूढीगण्डकी बाढीले आरुघाट–धादिङ जोड्ने मोटरेबल पुलमा बगाएपछि सो

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल