युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर च्याम्पियन « Khabarhub

युभेन्ट्सलाई अतिरिक्त समयमा पराजित गर्दै इन्टर च्याम्पियन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैकल्पिक खेलाडी एलेक्सिस सान्चेजले गरेको खेलको अन्तिम समयको गोलसँगै इन्टर मिलानले युभेन्ट्सलाई पराजित गर्दै इटालियन सुपर कपको उपाधि जितेको छ ।

बुधबार राति इटालीको सान सिरोमा भएको खेलमा पुनरागमन जित सहित इन्टरले सन् २०१० पछि पहिलो पटक यो उपाधि हात पारेको हो ।

खेल पेनाल्टी सुट आउटतर्फ धकेलिँदा खेलमा १२१ औं मिनेटमा बेन्चबाट आएका सान्चेजको गोल निर्णायक बनेको थियो ।

खेलको २५औँ मिनेटमा वेस्टन म्याकेनीको गोलमा युभेन्ट्सले अग्रता बनायो । ३५औँ मिनेटमा पाएको पेनाल्टी सदूपयोग गर्दै लौटारो मार्टिनेजले इन्टरलाई पहिलो हाफमा १-१ को स्थितिमा ल्याए । निर्धारित ९० मिनेटको खेल बराबरीमा सकिएपछि खेल अतिरिक्त ३० मिनेटमा पुगेको थियो ।

अतिरिक्त समयको इन्जुरी समयमा अनुभवी खेलाडी सान्चेजको गोलसँगै इन्टर उपाधि जित्न सफल भयो ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ८ : ११ बजे

सवारी दुर्घटनामा एक जनाको मृत्यु

इलाम– इलामको देउमाई–२ पानीटारमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु

बीपीएल : सन्दीप लामिछानेको टिम फाइनलमा

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा नेपाली लेग स्पिन सन्दीप

तनहुँ, बागलुङ र पाल्पाका यी हुन् महिला उम्मेदवार

तनहुँ– राजनीतिक दलका नेताहरूले समावेशीतालाई आफूहरूले जोड दिएको बताए पनि

घरेलु उद्यममा व्यस्त भोजपुरका दुई दिदीबहिनी

भोजपुर– भोजपुरका दुई दिदीबहिनीले पछिल्ला चार दशकभन्दा बढी समयदेखि परम्परागत

सार्वजनिक नीति तथा प्रत्यायोजित विधान समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको सार्वजनिक नीति तथा प्रत्यायोजित