च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना « Khabarhub

च्यासल युथ क्लबका दुई खेलाडीलाई कोरोना


२९ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शहीद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ ।

गत साता पोखरामा मनाङ मर्स्याङ्दीसँग खेलेर काठमाडौँ फर्किएका दुई खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले जानकारी गराए । उनका अनुसार गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो ।

गत हप्ता पोखरा रंगशालामा च्यासल ५-० ले पराजित भएको थियो । त्यसपछि काठमाडौँ आएसंगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले जानकारी गराए । दुवै टोलीको नियमित खेलाडीसमेत हुन् । अब, नवौं चरणमा च्यासलले पुलिससँग खेल्दै छ ।

यता, जावलाखेलसमेत खेलाडी बिरामी हुँदा बिहीबारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो ।

मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ३ : ०८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र