पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन « Khabarhub

पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिएका छन् ।

विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरको ७५ प्रतिशत काम पूरा भइसकेको छ । कोरोना संक्रमति बढ्दै गएपछि मुख्यन्त्री राईले बिहीबार नाका तथा होल्डिङ सेन्टर अनुगमन गर्दै पाँच दिनभित्र सक्न निर्देशन दिएका हुन् ।

नेपाली सेनाले दुई महिनाभित्र बनाइ सक्ने बताएपछि मुख्यमन्त्री राईले एक साताभित्र दुई सय जना मात्रै अट्ने भए पनि तयार गर्न निर्देशन दिएका हुन् । तर, नेपाली सेनामार्फत काम गरिरहेको हनुमान कन्स्ट्रक्सन कम्पनीले एक सय जना अट्ने होल्डिङ सेन्टर बनाउन पाँच दिन र दुई सय जना अट्ने बनाउन दुई साता लाग्ने बताएको थियो ।

संघीय सरकारले रकम निकासामा ढिला गरेकाले होल्डिङ सेन्टर निर्माण ढिला भएको नेपाली सेनाले जनाएको छ । बत्ती तथा पानीको व्यवस्था गरिदिन समेत सेनाले मुख्यमन्त्रीसँग आग्रह गरेको छ । पानीबत्ती तथा जनशक्ति भए पाँच दिनमा होल्डिङ सेन्टर तयार गर्ने प्रतिबद्धता जनाएको छ ।

अहिले सीमा नाकामा कोरोना पोजेटिभ रिपोर्ट आएकाहरूलाई नेपालतर्फका भए परिवारको जिम्मा लगाएर मात्रै छाड्ने गरिएको छ । अनुगमनाका क्रममा मुख्यमन्त्री राईले रानी नाकामा कडा गर्न समेत प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधकारी दाहालले पनि भारतबाट आउनेसँग मात्रै नभई नेपालबाट भारततर्फ जानेको पनि खोप कार्ड अनिवार्य गर्ने बताएका छन् । आउनेबाट मात्रै होइन जानेमा पनि जोखिम बढेकाले नियन्त्रण गर्न दुर्वतर्फ खोप कार्ड अनिवार्य गर्ने उनको बताए ।

कोरोना नियन्त्रणमा प्रदेश सरकारको तयारी फितलो भएको भनेर विरोध हुन थालेपछि मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोली लिएर उनी सो क्षेत्रमा पुगेका हुन् ।

सयमै होल्डिङ सेन्टर तयार नहुँदा नाकामा परीक्षण गरिएका व्यक्तिहरू जतासुकै हिड्ने गरेका छन् । पोजेटिभ रिपोर्ट आएकाहरू पनि परिवार नआएसम्म सडक किनारमै बस्ने गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  ३ : ४० बजे

सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको बैठक यही २४ गते बस्ने भएको छ

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि