पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन « Khabarhub

पाँच दिनभित्र होल्डिङ सेन्टर बनाइसक्न मुख्यमन्त्री राईको निर्देशन


२९ पुस २०७८, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाँच दिनभित्र होल्डिङ सेन्टर तयार गर्न निर्देशन दिएका छन् ।

विराटनगर जुटमिल परिसरको खाली जमिनमा निर्माण भइरहेको होल्डिङ सेन्टरको ७५ प्रतिशत काम पूरा भइसकेको छ । कोरोना संक्रमति बढ्दै गएपछि मुख्यन्त्री राईले बिहीबार नाका तथा होल्डिङ सेन्टर अनुगमन गर्दै पाँच दिनभित्र सक्न निर्देशन दिएका हुन् ।

नेपाली सेनाले दुई महिनाभित्र बनाइ सक्ने बताएपछि मुख्यमन्त्री राईले एक साताभित्र दुई सय जना मात्रै अट्ने भए पनि तयार गर्न निर्देशन दिएका हुन् । तर, नेपाली सेनामार्फत काम गरिरहेको हनुमान कन्स्ट्रक्सन कम्पनीले एक सय जना अट्ने होल्डिङ सेन्टर बनाउन पाँच दिन र दुई सय जना अट्ने बनाउन दुई साता लाग्ने बताएको थियो ।

संघीय सरकारले रकम निकासामा ढिला गरेकाले होल्डिङ सेन्टर निर्माण ढिला भएको नेपाली सेनाले जनाएको छ । बत्ती तथा पानीको व्यवस्था गरिदिन समेत सेनाले मुख्यमन्त्रीसँग आग्रह गरेको छ । पानीबत्ती तथा जनशक्ति भए पाँच दिनमा होल्डिङ सेन्टर तयार गर्ने प्रतिबद्धता जनाएको छ ।

अहिले सीमा नाकामा कोरोना पोजेटिभ रिपोर्ट आएकाहरूलाई नेपालतर्फका भए परिवारको जिम्मा लगाएर मात्रै छाड्ने गरिएको छ । अनुगमनाका क्रममा मुख्यमन्त्री राईले रानी नाकामा कडा गर्न समेत प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई निर्देशन दिएका छन् ।

प्रमुख जिल्ला अधकारी दाहालले पनि भारतबाट आउनेसँग मात्रै नभई नेपालबाट भारततर्फ जानेको पनि खोप कार्ड अनिवार्य गर्ने बताएका छन् । आउनेबाट मात्रै होइन जानेमा पनि जोखिम बढेकाले नियन्त्रण गर्न दुर्वतर्फ खोप कार्ड अनिवार्य गर्ने उनको बताए ।

कोरोना नियन्त्रणमा प्रदेश सरकारको तयारी फितलो भएको भनेर विरोध हुन थालेपछि मुख्यमन्त्री राईले आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, सामाजिक विकासमन्त्री जयराम यादवसहितको टोली लिएर उनी सो क्षेत्रमा पुगेका हुन् ।

सयमै होल्डिङ सेन्टर तयार नहुँदा नाकामा परीक्षण गरिएका व्यक्तिहरू जतासुकै हिड्ने गरेका छन् । पोजेटिभ रिपोर्ट आएकाहरू पनि परिवार नआएसम्म सडक किनारमै बस्ने गरेका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहिबार  ३ : ४० बजे

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य

विना बर्दीका प्रहरी प्रयोग गरी गिरफ्तारी गर्ने प्रवृत्तिविरुद्ध ओलीको खबरदारी

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्वाधीनता र लोकतन्त्रको

श्रीमतीलाई कुटपिट गरी हत्या गर्ने श्रीमान् पक्राउ

संखुवासभा– चैनपुर नगरपालिका –०१, नुनढाकी थर्पुमा श्रीमानको कुटपिटबाट ४९ वर्षीया