धार्मिक विश्वास अनुसार यति चमत्कारिक छ, तुलसी पानी | Khabarhub Khabarhub

धार्मिक विश्वास अनुसार यति चमत्कारिक छ, तुलसी पानी


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सनातन धर्ममा तुलसीको ठुलो महत्त्व छ । प्रत्येक सनातन धर्मीको घरमा तुलसी रोपिएको हुन्छ । तुलसी केवल पूजनीय बिरुवा मात्र नभई यसले सकारात्मक ऊर्जा प्रवाह गर्ने धार्मिक मान्यता छ ।

धार्मिक मान्यता अनुसार तुलसी जस्तै तुलसी पानीको पनि विशेष महत्त्व छ । पानीमा तुलसीको पात राखे यसलाई पनि पवित्र मानिन्छ । तुलसीको पानीले माता लक्ष्मी प्रसन्न हुने र घरमा शान्ति छाउने धार्मिक मान्यता छ ।

भगवान् श्रीकृष्णलाई पनि तुलसी अति प्रिय मानिन्छ । तुलसी पानीद्वारा श्रीकृष्णको प्रतिमालाई स्नान गराएमा (प्रतिमा नुहाएमा) कृपा प्राप्त हुने मान्यता छ ।

तुलसीका पातलाई रातभर पानीमा भिजाएर बिहान बेलुका घरमा पूजा पश्चात् उक्त पानी छर्केमा र घरका सबै सदस्यलाई अभिषेक गरेमा घरको सबै नकारात्मक शक्ति नष्ट हुने धार्मिक मान्यता छ । साथै घरमा सकारात्मक शक्तिको वास हुने विश्वास गरिन्छ ।

परिवारमा कोही लामो समयदेखि बिरामी छन् भने उनीहरूलाई पूजा पश्चात् हरेक साँझ बिहान तुलसी पानीले अभिषेक गरे रोग निको हुने विश्वास गरिन्छ ।

अनेक मेहनत पश्चात् पनि जागिर वा व्यवसायमा सफलता प्राप्त भएको छैन भने तुलसीलाई तिन दिनसम्म पानीमा भिजाएर यसलाई कार्यक्षेत्रमा बिहान साँझको पूजा पश्चात् छर्केमा सफलता प्राप्त हुने मान्यता छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : १४ बजे

भोजपुरमा मतदाता नामावली सङ्कलनमा उत्साहजनक सहभागिता

भोजपुर- आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई

नलिनिकान्तका ‘हेरिटेज इन्डिया’ काठमाडौँमा प्रदर्शन

काठमाडौँ- भारतको गुजरात राज्यका अग्रज छविकार (४५ वर्षदेखि फोटोग्राफीमा सक्रिय)

जेन-जी आन्दोलनका घटनामा ३७५ जना पक्राउ

काठमाडौँ- भाद्र २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा

सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति

एमाले अध्यक्ष ओली र झलनाथ खनालबीच भेटवार्ता

भक्तपुर– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र नेकपा(समाजवादी)का सम्मानित