विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ करोड नाघ्यो « Khabarhub

विश्वभर कोरोना संक्रमित हुनेको संख्या ४१ करोड नाघ्यो


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या ४१ करोड नाघेको छ ।

पछिल्लो २४ घण्टामा १८ लाख ४७ हजार कोरोना संक्रमित थपिएसँगै कूल संक्रमितको संख्या ४१ करोड ५ लाख ५२ हजार पुगेको हो ।

यद्यपि हालसम्म ३३ करोड ६ लाख ३३ हजार ३ हजार जना निको भइसकेका छन् ।

पछिल्लो २४ घण्टामा मात्रै १९ लाख १५ हजार ८५० जना संक्रमणमुक्त भएका छन् । आज थपिनेभन्दा निको हुनेको संख्या ६८ हजारले बढी छ । पछिल्लो एक दिनमा ७ हजार ५८६ जना संक्रमितको मृत्यु भएसँगै कुल मृतकको संख्या ५८ लाख ८२ हजार ७ हजार ७१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कुन देशमा कति थपिए ?

जर्मनीमा एक लाख ५१ हजार, ब्राजिलमा एक लाख ३४ हजार, फ्रान्समा एक लाख १८ हजार, टर्कीमा ८६ हजार, इटलीमा ६२ हजार अमेरिकामा ५९ हजार र बेलायतमा ४६ हजारमा संक्रमण पुष्टि भएको हो ।

निको हुनेमा फ्रान्समा ३ लाख एक हजार, अमेरिकामा एक लाख ३२ हजार, रुसमा एक लाख १२ हजार, इटलीमा एक लाख १७ हजार, बेलायतमा ८७ हजार, जर्मनीमा ८२ हजार र टर्कीमा ७३ हजार छन् ।

मृत्यु हुनेमा ब्राजिलमा ८९२, अमेरिकामा ८७३, रुसमा ७२९, टर्कीमा २७२, इटलीमा २८९, बेलायतमा १६७ र फ्रान्समा १६१ जना छन् ।

 

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ४४ बजे

रुपन्देहीमा गोली प्रहार, एक घाइतेसहित तीन जना पक्राउ

रुपन्देही – रुपन्देहीको देवदहमा पेस्तोलबाट गोली चलाएको अभियोगमा प्रहरीले एक

कांग्रेसको १५औँ महाधिवेशनमा पुगे एमाले महासचिव पोखरेल

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन नेकपा (एमाले)का महासचिव

एमाले संसदीय दलको बैठक च्यासलमा

काठमाडौँ – नेकपा (एमाले) संसदीय दलको बैठक सुरु भएको छ

काभ्रेमा कफीको व्यावसायिक विस्तार, बढ्दै आर्थिक सम्भावना

बनेपा– मुलुकको मध्यपहाडी क्षेत्रका पाखापखेरा कफी खेतीका निम्ति उपयुक्त मानिएका

अमेरिकी गाडी उद्योगमा उत्पादन र लगानी विस्तारको तयारी : राष्ट्रपति ट्रम्प

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो व्यापार नीतिले अमेरिकाको गाडी