हुन सकेन साउदीमा अलपत्र ४० जना नेपाली युवाको उद्धार « Khabarhub

हुन सकेन साउदीमा अलपत्र ४० जना नेपाली युवाको उद्धार



दोहा – काठमाडौँमा रहेको ए एस इन्टरनेशनल ग्रुप प्रालि र गुरुङ म्यानेजमेन्ट ओभरसीज प्रालिमार्फत एक महिना अघि साउदी अरब पुगेर अलपत्र ४०  जना नेपाली युवाको उद्धार हुन सकेको छैन ।

गत पुस २५ गते नेपालबाट म्यानपावरले अब्देल्ला एशा फाइभ स्टार होटेल भनेर पठाएको भए पनि एक महिनासम्म होटेल नदेखेको र घर फर्कन चाहेको बाग्लुंङ ढोरपाटन नगरपालिका वार्ड नम्बर ४ घर भएका भुवन बुढाथोकीले बताए । बुढाथोकीले पनि  म्यानपावरलाई १ लाख ६० हजार बुझाएका थिए। कोरोना परीक्षण, विदेश जाने अन्य प्रक्रिया पूरा गर्दा करिब २ लाख खर्च भएको पनि अहिलेसम्म एक रुपैयाँ कमाई भएको छैन।

एजेन्टले आफूहरुलाई साउदीको जुबेलमा रहेको एक होटेल भाडामा लिएर ३२ दिनदेखि बिना काम राखिरहेको पीडितहरूले बताएका छन्। म्यानपावर कम्पनीलाई प्रति व्यक्ती १ लाख ४० हजारदेखि १ लाख ८० सम्म बुझाएर साउदी पुगेका उनीहरू कामविहीन छन् । ‘म्यानपावरले होटेलमा राम्रो कमाई हुने भन्दै वेटर र रुम ब्याईमा पठायो,’भुवनले खबरहबसँग भने, ‘यहाँ त खाने बस्नेसमेत समस्या भइरहेको छ।’

म्यानपावरले सम्झौता अनुसारको काम नपाए नगर्नु भने पनि साउदीमा रहेको एजेन्टले अब बाहिर घर बनाउनेलगायत सबै काम गर्नुपर्छ भनेको उनले बताए। ‘सम्झौता अनुसारको काम नभए फर्काइ दिन आग्रह गरे पनि म्यानपावरले केहि समय पर्खन भनेको छ। ,’उनले थपे।

२५-२८ पुससम्म उद्धार गरिदिन श्रम मन्त्रालय, वैदेशिक रोजगार विभाग, रियादस्थित नेपाली दूतावास लगायत सम्बन्धित निकायलाई आग्रह गरे पनि कुनै पहल नभएको उनीहरुको गुनासो छ।

यस विषयमा बुझ्न ए एस इन्टरनेशनल ग्रुप र गुरुङ म्यानेजमेन्ट ओभरसीजका प्रतिनिधिहरूलाई कैयौँ पटक फोन  गर्दा पनि बोल्न चाहेनन् । पछिल्लो समय नेपाली कामदारहरू खाडी मुलुकमा अलपत्र पार्ने क्रम बढेको छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ८ : २० बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना