‘क्लीनस्वीप’बाट रोहितको कप्तानी युग सुरु | Khabarhub Khabarhub

‘क्लीनस्वीप’बाट रोहितको कप्तानी युग सुरु



काठमाडौँ – भारतीय क्रिकेटमा कप्तान रोहित शर्माको युग सुरु भएको छ । भारतीय टी–ट्वान्टी र एकदिवसीय क्रिकेटको कप्तानी गरिरहेका रोहित शर्माले ‘क्लीनस्वीप’ सफलताबाट यात्रा सुरुवात गरेका हुन् ।

भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट श्रृङ्खला ३–० ले क्लिनस्विप गरेको हो । भारतले अहमदाबादमा पहिलो खेलमा ६ विकेट, दोस्रोमा ४४ र तेस्रो एकदिवसीयमा ९६ रनले वेष्ट इण्डिजलाई हराएको थियो । रोहितको कप्तानीमा यसअघि घरेलु मैदानमा भारतले टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा न्युजिल्याण्डलाई ३–० ले नै हराएको थियो ।

टी–ट्वान्टी र एकदिवसीयमा रोहितले क्लीनस्वीपबाट कप्तानी यात्रा सुरु गरेको पुष्टि भएको छ । भारतको सेतो बल क्रिकेटमा रोहितले आफ्नो कप्तानी घरेलु मैदानमा प्रमाणित गरेका छन् ।

वेष्ट इण्डिजसँगको सिरिजमा भारतीय कप्तान रोहित र पूर्व कप्तान विराट कोहलीको प्रदर्शन सम्झनलायक रहेन । रोहितले पहिलो एकदिवसीयमा अर्धशतक प्रहार गरेका थिए ।

तर बाकी दुई खेलमा उनले गतिलो प्रदर्शन गर्न सकेनन् । विराट कोहलीको अवस्था भने झन् नाजुक रह्यो । उनले एकदिवसीय श्रृंखलामा जम्मा २६ रन जोडे । दुई पटक त उनी डकआउट भएका थिए तर विराटबाट कप्तानी पाएका रोहितले सुरुवात भने राम्रो गरेका छन् ।

भारतीय क्रिकेटमा ‘कूल म्यान’ले परिचित राहुल द्रविड र रोहित शर्माको ‘कम्बिनेसन’मा कोहलीपछि रोहित युग सुरु भएको मानिन्छ तर या मात्रै पर्याप्त छैन । घरेलु मैदानमा हरेक टिम शक्तिशाली हुन्छन् । विपक्षीलाई हराउँछन् । टिमको वास्तविक शक्ति त विदेशी भूमिमा थाहा हुन्छ।

हालै रोहितविनाको भारतीय टिमले दक्षिण अफ्रिकी भूमिमा लज्जास्पद ‘क्लीनस्वीप’ हार व्यहोरेको थियो । कोहलीको ऐतिहासिक र अन्तिम टेस्ट सिरिज पनि भारतले जित्न सकेन ।

लगत्तै भारत टेस्ट क्रिकेटमा शीर्ष बरीयताबाट तेस्रोमा खुम्चियो । एकदिवसीमा पनि भारतको वरियता अब्बल छैन । टी–ट्वान्टीमा भने सुधारोन्मुख छ ।


कोहलीले कप्तानी हात पार्दा टेस्ट र एकदिवसीयमा भारतलाई नम्बर एक टिम बनाएका थिए । कोहली टी–ट्वान्टी, एकदिवसीय र टेस्टको बरियतामा एक नम्बरमा पुगेका ब्याटर पनि हुन् । रोहित उत्कृष्ट ब्याटरमध्ये एक भए पनि आइसीसीको शीर्ष बरियतामा पुग्न सकेका छैनन् ।

रोहितलले ४३ टेस्टमा ३ हजार ४७ रन बनाएका छन् । यस्तै २ सय ३० एकदिवसीयमा ९ हजार २३८ रन बनाएका छन् । यस्तै ११९ टी–ट्वान्टी क्रिकेटमा ३ हजार १९७ रन जोडेका छन् ।

आइपीएलका सर्वाधिक सफल कप्तान रहेका रोहितले चार पटक ट्रफी जितेका छन् । ब्याटरका रुपमा २ सय १३ खेलबाट ५ हजार ६ सय ११ रन बनाएका छन् । रनका हिसाबले क्रिकेटका हरेक संरचनामा कोहली अगाडि छन् ।

तर कोहली युग यस वर्षदेखि समाप्त भइसकेको छ । नयाँ वर्षसँगै सुरु भएको रोहित युगले भारतलाई साँच्चै आइसीसीका ठूला उपाधि जिताउँला या एक आशा गरिएका कप्तानमा मात्रै सीमित रहलान् ? भारतीय क्रिकेट प्रशंसकको पर्खाईमा यही प्रश्न छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : १७ बजे

किर्गीस्तानमा रहेका नेपालीलाई घरबाहिर ननिस्कन आग्रह

काठमाडौं– सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली

संसदीय छानबिन समितिको कार्यादेश बनाउन कार्यदलको बैठक जारी

काठमाडौं– सहारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगो लगाउन

सभामुखले दलका मुख्य सचेतकसँग छलफल गर्दै

काठमाडौं– प्रतिनिभिसभाका सभामुख देवराज घिमिरेले संसद सञ्चालनका विषयमा दलका प्रमुख

कञ्चनपुरको वनहरा नदीमा पक्की पुल निर्माण हुँदै

कञ्चनपुर– शुक्लाफाँटा नगरपालिका–१२ भएर बग्ने वनहरा नदीमा २५ करोडको लागतमा

महिला सुपर लिग : चेल्सीलाई लगातार पाँचौँ उपाधि

काठमाडौं– महिला सुपर लिग फुटबलको उपाधि चेल्सीले जितेको छ ।