‘क्लीनस्वीप’बाट रोहितको कप्तानी युग सुरु « Khabarhub

‘क्लीनस्वीप’बाट रोहितको कप्तानी युग सुरु



काठमाडौँ – भारतीय क्रिकेटमा कप्तान रोहित शर्माको युग सुरु भएको छ । भारतीय टी–ट्वान्टी र एकदिवसीय क्रिकेटको कप्तानी गरिरहेका रोहित शर्माले ‘क्लीनस्वीप’ सफलताबाट यात्रा सुरुवात गरेका हुन् ।

भारतले वेस्ट इन्डिजविरुद्धको एकदिवसीय क्रिकेट श्रृङ्खला ३–० ले क्लिनस्विप गरेको हो । भारतले अहमदाबादमा पहिलो खेलमा ६ विकेट, दोस्रोमा ४४ र तेस्रो एकदिवसीयमा ९६ रनले वेष्ट इण्डिजलाई हराएको थियो । रोहितको कप्तानीमा यसअघि घरेलु मैदानमा भारतले टी–ट्वान्टी क्रिकेट श्रृङ्खलामा न्युजिल्याण्डलाई ३–० ले नै हराएको थियो ।

टी–ट्वान्टी र एकदिवसीयमा रोहितले क्लीनस्वीपबाट कप्तानी यात्रा सुरु गरेको पुष्टि भएको छ । भारतको सेतो बल क्रिकेटमा रोहितले आफ्नो कप्तानी घरेलु मैदानमा प्रमाणित गरेका छन् ।

वेष्ट इण्डिजसँगको सिरिजमा भारतीय कप्तान रोहित र पूर्व कप्तान विराट कोहलीको प्रदर्शन सम्झनलायक रहेन । रोहितले पहिलो एकदिवसीयमा अर्धशतक प्रहार गरेका थिए ।

तर बाकी दुई खेलमा उनले गतिलो प्रदर्शन गर्न सकेनन् । विराट कोहलीको अवस्था भने झन् नाजुक रह्यो । उनले एकदिवसीय श्रृंखलामा जम्मा २६ रन जोडे । दुई पटक त उनी डकआउट भएका थिए तर विराटबाट कप्तानी पाएका रोहितले सुरुवात भने राम्रो गरेका छन् ।

भारतीय क्रिकेटमा ‘कूल म्यान’ले परिचित राहुल द्रविड र रोहित शर्माको ‘कम्बिनेसन’मा कोहलीपछि रोहित युग सुरु भएको मानिन्छ तर या मात्रै पर्याप्त छैन । घरेलु मैदानमा हरेक टिम शक्तिशाली हुन्छन् । विपक्षीलाई हराउँछन् । टिमको वास्तविक शक्ति त विदेशी भूमिमा थाहा हुन्छ।

हालै रोहितविनाको भारतीय टिमले दक्षिण अफ्रिकी भूमिमा लज्जास्पद ‘क्लीनस्वीप’ हार व्यहोरेको थियो । कोहलीको ऐतिहासिक र अन्तिम टेस्ट सिरिज पनि भारतले जित्न सकेन ।

लगत्तै भारत टेस्ट क्रिकेटमा शीर्ष बरीयताबाट तेस्रोमा खुम्चियो । एकदिवसीमा पनि भारतको वरियता अब्बल छैन । टी–ट्वान्टीमा भने सुधारोन्मुख छ ।


कोहलीले कप्तानी हात पार्दा टेस्ट र एकदिवसीयमा भारतलाई नम्बर एक टिम बनाएका थिए । कोहली टी–ट्वान्टी, एकदिवसीय र टेस्टको बरियतामा एक नम्बरमा पुगेका ब्याटर पनि हुन् । रोहित उत्कृष्ट ब्याटरमध्ये एक भए पनि आइसीसीको शीर्ष बरियतामा पुग्न सकेका छैनन् ।

रोहितलले ४३ टेस्टमा ३ हजार ४७ रन बनाएका छन् । यस्तै २ सय ३० एकदिवसीयमा ९ हजार २३८ रन बनाएका छन् । यस्तै ११९ टी–ट्वान्टी क्रिकेटमा ३ हजार १९७ रन जोडेका छन् ।

आइपीएलका सर्वाधिक सफल कप्तान रहेका रोहितले चार पटक ट्रफी जितेका छन् । ब्याटरका रुपमा २ सय १३ खेलबाट ५ हजार ६ सय ११ रन बनाएका छन् । रनका हिसाबले क्रिकेटका हरेक संरचनामा कोहली अगाडि छन् ।

तर कोहली युग यस वर्षदेखि समाप्त भइसकेको छ । नयाँ वर्षसँगै सुरु भएको रोहित युगले भारतलाई साँच्चै आइसीसीका ठूला उपाधि जिताउँला या एक आशा गरिएका कप्तानमा मात्रै सीमित रहलान् ? भारतीय क्रिकेट प्रशंसकको पर्खाईमा यही प्रश्न छ ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : १७ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा