प्रतिनिधिसभाको बैठक फेरि बुधबारलाई सारियो | Khabarhub Khabarhub

प्रतिनिधिसभाको बैठक फेरि बुधबारलाई सारियो


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाको बैठक फेरि स्थगित भएको छ।

संसद सचिवालयका महासचिव भरतराज गौतमले एक सूचना जारी गर्दै सोमबारका लागि बोलाइएको बैठक स्थगित भएको जानकारी दिएका छन्।

‘फागुन २ गते सोमबार बस्ने गरी निर्धारण भएको प्रतिनिधिसभाको बैठक विशेष कारणले उक्त दिन र समयमा बस्न नसक्ने भएकोले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सम्माननीय सभामुखज्यूले मिति २०७८ साल फागुन ४ गते बुधबार दिनको १ बजे बैठक बस्ने गरी निर्धारण गर्नुभएको व्यहोरा माननीय सदस्यहरूको जानकारीको लागि यो गरिएको छ।’ जारी सूचनामा भनिएको छ,

आज (आइतबार) बिहान भएको एक कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले बैठक सार्न प्रस्ताव गरेको भनेर भ्रम फैलाइएको बताएका थिए।

 

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  १२ : ४० बजे

सुर्खेतको देउती बज्यै मन्दिरका पुजारी मृत फेला

सुर्खेत– सुर्खेतको चर्चित धार्मिक पीठ देउती बज्यै मन्दिरका पुजारी मृत

देशका अधिकांश भूभागमा मौसम सफा रहने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यु-१९ महिला विश्वकप एसिया छनोट : अन्तिम खेलमा आज युएईसँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी यु-१९ महिला टी-२० विश्वकप एसिया छनोटको अन्तिम

चिसो बढेपछि सुनसान बन्यो सुन्दर ‘बुकीपाटन’

बागलुङ – चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान

बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल कात्तिक २८ गते बुधबार सन्