नेप्सेमा १०१ अङ्कको पहिरो « Khabarhub

नेप्सेमा १०१ अङ्कको पहिरो


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बैंक तथा वित्तीय संस्थाको ब्याजदर परिवर्तन, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध संसद् सचिवालयमा महाअभियोग दर्तालगायत कारण आज धितोपत्र बजारमा १०१.२४ अङकको पहिरो गएको छ ।

धितोपत्र बजारमा शेयर कारोबार हुने साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १०१.२४ अङ्क अर्थात् ३.६१ प्रतिशतले घटेर दुई हजार ७००.३२ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक १५.६२ अङ्कले ओरालो लागेर ५११.६६ मा आएको छ ।

आजको कारोबारमा कूल २२७ कम्पनीको एक करोड १६ लाख ६१ हजार ६३९ कित्ता शेयर रु पाँच अर्ब ९७ करोड ७२ लाख १४ हजार ७३१ मूल्यमा खरिद बिक्री भएको छ । नेप्सेका अनुसार कारोबार भएका १३ वटै उपसमूहको शेयर मूल्य घटेको छ ।

जसमा बैंकिङ ४२.६६, व्यापार ६८.२३ होटेल तथा पर्यटन १०९.८९, विकास बैंक २०६.६६, जलविद्युत् १८४.८८, वित्त ११२.१४, निर्जीवन बीमा ५५२.५४, उत्पादन ३३५.७१, लघुवित्त १८६.३६, जीवन बीमा ६०४.८८, लगानी ४.८ अन्य ७३.२५ र सामूहिक लगानी कोष ०.१५ अङ्कले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा आज अप्पर तामाकोसी कम्पनी शीर्षस्थानमा छ । सो कम्पनीको रु ३२ करोड ८४ लाख आठ हजार ९४४ बराबरको कारोबार भयो । यस्तै अरुणभ्याली हाइड्रोपावर रु २८ करोड ३९ लाख ४५ हजार ०८२, नेपाल इन्फ्रास्ट्रक्चर बैंक रु २५ करोड ३२ लाख ९२ हजार ४८७, नेसनल हाइड्रोपावर रु २५ करोड २७ लाख ९३ हजार १४६ र अपी पावरको रु २१ करोड ४७ लाख ५२ हजार ९६६ मूल्य बराबरको कारोबार भई शीर्ष पाँचभित्र रहे भए ।

आजको कारोबारमा कूल २२७ कम्पनीमध्ये २२१ कम्पनीका शेयरमूल्य घटेका छन् । कारोबार भएकामध्ये अप्पर तामाकोसीको शेयरको मूल्य सबैभन्दा धेरै (८.३७) प्रतिशतले घटेको छ । त्यस्तै यस दिनको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक ८.२६, शिवश्री हाइड्रोपावर ७.७५, विन नेपाल लघुवित्त वित्तीय संस्था ७.५९ र बुद्ध भूमि नेपाल हाइड्रो पावर कम्पनीका लगानीकर्ताले ७.५२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ५ : २१ बजे

काठमाडौं-९ मा रास्वपाका डोलप्रसाद अर्यालको फराकिलो अग्रता

काठमाडौं- काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ को प्रारम्भिक मतगणनामा राष्ट्रिय

दोलखामा अझै सुरु हुन सकेन मतगणना, ३ बजेबाट सुरु गर्ने तयारी 

दोलखा– दोलखा बिहीबार सम्पन्न भएको प्रतिनिधिसभा निर्वाचनको मतगणना कार्य अझै

रौतहट–१ मा रास्वपाका चौधरीले अग्रता लिँदा पूर्वप्रधानमन्त्री नेपाल पाँचौँ स्थानमा

रौतहट– रौतहटको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र

काठमाडौं–५ मा रास्वपाका सस्मित पोखरेल ७ हजार ८६७ मतान्तरले अगाडि

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

रास्वपाको हुरीले गणतन्त्रवादी कांग्रेस-एमालेसँगै राजावादी पनि संकटमा, ज्ञानेन्द्रबाहेक राप्रपाका सबै नेता पछाडि

काठमाडौं- नेपालमा राजसंस्थाको पुर्नस्थापना र हिन्दु राष्ट्र नाराको नेतृत्व गर्दै