उड्डयनका पूर्वमहानिर्देशक क्षेत्रीविरुद्धको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश « Khabarhub

उड्डयनका पूर्वमहानिर्देशक क्षेत्रीविरुद्धको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजकुमार क्षेत्रीलाई अवकाश दिँदै जारी गरिएको पत्र कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश दिएको छ ।

उमेर हदको कारण देखाउँदै अवकाश दिइएपछि क्षेत्रीले सर्वोच्चमा मुद्दा दायर गरेका थिए ।

आइतबार सोही मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले अवकाश दिइएको पत्र कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।

साथै, सबूत प्रमाणसहित विपक्षीलाई १५ दिनभित्र उपस्थिति हुन वा प्रतिनिधिमार्फत् लिखित जवाफ पेश गर्न पनि अदालतले आदेश दिएको छ ।

दुवै पक्षबीच छलफल गराई यो मुद्दाको टुंगो लगाउनु उपयुक्त हुने अदालतको ठहर छ । यसका लागि फागुन ९ गते पेशीसमेत तोकिएको छ ।

प्राधिकरणले क्षेत्रीलाई उमेर हदको कारण देखाउँदै पुष २३ गते अनिवार्य अवकाश दिएको थियो ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ६ : ५४ बजे

फ्रान्समा विद्यार्थी प्रदर्शन चर्किँदै, सयौँ विद्यालय प्रभावित

पेरिस– फ्रान्समा पछिल्ला केही दिनदेखि विद्यालयका विद्यार्थीले विभिन्न माग राख्दै

जितियाको निराहार व्रत समापन

काठमाडौं– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

मन्त्री श्रेष्ठद्वारा हेटौँडा ढल्केकर ४०० केभी प्रसारण लाइनको निरीक्षण

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले हेटौँडा–ढल्केबर ४०० केभी

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको