बिनायात्रु कुर्था–जयनगर रेल सञ्चालन « Khabarhub

बिनायात्रु कुर्था–जयनगर रेल सञ्चालन


१ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– नेपाल सरकारले खरिद गरेको झण्डै १७ महिनापछि कुर्था–जयनगर रेल सेवा नियमित रूपमा सञ्चालनमा आएको छ ।

कुर्था–जयनगर रेल सेवा ड्राई रन अर्थात् यात्रुबिना दैनिक एक पटक नियमित रूपमा सञ्चालन गरिने गरी आइतबारबाट सञ्चालनमा आएको हो ।

भारतीय सरकारको रेल्वे कम्पनी केआरसीएलका डीजीएम इनायत हुसेनको नेतृत्वको टोलीमा रहेका रेल चालक देवनारायण राय धनुषाको ईनवाबाट रेल गुडाएर कुर्थासम्म ल्याएका थिए । साढे ९ बजेदेखि ईनवाबाट गुडेको रेल करिव साढे ११ बजे जनकपुरको हल्टमा पुगेको थियो ।

रेल्वे ट्रयाक नयाँ भएको र सर्वसाधारणमा अझै जनचेतना नभएर कुनै पनि वेला ट्रयाकमा आउने सक्ने भएकाले विस्तारै आएको उनले बताए । रेल नियमित रूपमा सञ्चालन भएको खण्डमा एक घटनाभन्दा कम समयमा कुर्था–जयनगरसम्म पुग्न सक्ने पनि चालक रायले बताए ।

कुर्था–जयनगरसम्म बनाईएको ट्रयाकमा बढीमा प्रतिघण्टा ११० किलो मिटरको गतिमा रेल कुदाउन सक्ने बताउँदै चालक रायले भने, ‘यो रेलको इन्जिन प्रतिघण्टा १४० किलो मिटरको स्पीडमा चल्ने क्षमताको छ । तर ट्रयाकको त्यो क्षमता छैन । फेरि नजिकै नजिकै हल्ट र स्टेशन भएकाले पनि सीमित गतिमा रेल चलाउन चालकलाई बाध्यातमक अवस्था हुन्छ ।’

नेपाल र भारत दुवै देशका प्रधानमन्त्रीले उद्घाटन गरेपछि मात्रै दैनिक तीन पटक यात्रुसहित संचालन हुने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक निरञ्जन झाले बताए । फागुन १० गतेभित्र उद्घाटन हुने सम्भावना रहेको पनि झाले बताएका छन् ।

अहिले भारतीय पक्षमा २६ जना कर्मचारीमध्ये १४ जना मात्रै आएका छन् । रेल उद्घाटनको समय निश्चत भएपछि ती सबै कर्मचारी आउने पनि उनले बताए । कम्पनीका ५९ जना तालिम लिएर तयार भइसकेको पनि महाप्रबन्धनक झाले जनाए ।

प्रकाशित मिति : १ फाल्गुन २०७८, आइतबार  ९ : ५२ बजे

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी

दुई घण्टाअघि नै खुलामञ्चमा पुग्न थाले प्रतिनिधि (तस्बिरहरू)

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको औपचारिक उद्घाटन समारोह आज काठमाडौंको

स्पेनमा भारी वर्षापछि बाढीको चेतावनी, यात्रा प्रतिबन्ध

म्याड्रिड– अत्यधिक वर्षाका कारण उत्तरपूर्वी स्पेनमा बाढीको जोखिम बढेपछि अधिकारीहरूले

कांग्रेस महाधिवेशनमा सीके राउत पनि उपस्थित नहुने

काठमाडौं– नेपाली कांग्रेसको १५औं महाधिवेशनमा जनमत पार्टीका अध्यक्ष डा.सीके राउत