नर्सिङ पढेका हिक्मतले कृषिमा देखाएको हिम्मत « Khabarhub

नर्सिङ पढेका हिक्मतले कृषिमा देखाएको हिम्मत

साइप्रसमा नर्सिङ पढेर कैलालीमा रमाउँदै कठायत



अत्तरिया – नेपालबाट विदेशमा पढ्न गएर सकेसम्म विदेशमै काम गर्ने धेरै हुन्छन् । तिनै मध्येका एक थिए बझाङको छविस पाथिभेरा – २ घर भइ हाल कैलालीको अत्तरियामा बस्दै आएका हिक्मतबहादुर कठायत।

नेपालबाट ‘एचए’ गरेर साइप्रसमा बिएससी नर्सिङ पढ्न गएका हिक्मत पढाइ सकेर नेपाल फर्किएका थिए। तर, नेपालमा पढाइमा गरेको लगानी अनुसार काम नपाउने देखेपछि उनी स्वास्थ्य क्षेत्रमै काम गर्न सुरुमा मासिक १६ सय डलर तलब पाउने गरी यूएई हानिए।

यूएईमा १४ महिना काम गरेका उनले कुवेतमा महिनामा २ लाख ८० हजार नेपाली रुपैयाँ पाउने जागिर भेटे। त्यसपछि ४ वर्ष ८ महिना कुवेतमा काम गरेका हिक्मतको अहिले भने दैनिकी फेरिएको छ।

विदेशमा दिनमा १४ देखि १८ घण्टा काम गर्नुपथ्र्यो। बिहान ७ बजेदेखि ड्युटी हुन्थ्यो। राति ११/१२ बजेसम्म काम गर्नुपथ्र्यो’, उनले भने, ‘४ वर्ष ८ महिनासम्म एक दिन बिदा नलिई काम गरेँ।’

लामो समय विदेशमा बसेर राम्रै कमाई गरेका हिक्मतले घर आएपछि भने विदेश जाने सोच त्यागे। ‘मेलै फेरि पनि विदेश जान खोजेको हो। तर, ५/६ वर्षको सानो छोरोले विदेश नजानुस् बुवा भनेको कुरा काट्न सकिन। छोराले सबैका डेडी यही छन् विदेश नजानू भयो। बुवा आमा, भाइले पनि विदेश नजान आग्रह गरेपछि म यतै बसेँ, उनले भने, ‘सबैको कुरा काट्ने साहास गर्न नसकेपछि कृषि पेशा रोजेँ।’

६ महिना अगाडी बिदेशबाट नेपाल आएका हिक्मतले नेपाल आएको केही दिनमै हेमा कृषि फर्म संचालनमा ल्याए। उनले हाल ५६ लाखको लगानीमा १५ कट्टा जग्गा भाडामा लिएर ५ हजार बोइलर कुखुरासंगै तरकारी खेती सुरु गरेका छन्।

‘विदेशमा काम गरेको बानी भएर यता खाली बस्न नसकेर कृषि फर्म संचालनमा ल्याएको हुँ, उनले भने, ‘अहिले पहाडी क्षेत्र सहजपुरमा पनि कुखुरा फर्म संचालनमा ल्याएको छु। त्यहाँ गर्मी समयमा कुखुरा पाल्न सहज हुन्छ।’ उनले तरकारी खेतीबाट तत्कालै लाभ लिन नसकेको भए पनि कुखुरा पालनमा भने राम्रै भइरहेको बताए।

दलालको भर परे घाटा

हिक्मतले कुखुरा पालनमा दलालबाट बच्न सके फाइदा हुने बताए। ‘कुखुरा पालनमा दलाल र दाना दिने साहुबाट बच्न सकेमा फाइदा छ’, उनले भने, ‘यहाँ उसैले दाना पनि दिने उसैले चल्ला पनि दिने अन्तिममा ऋण धेरै थुपार्ने, अनी किसानका २/४ कुखुरा मर्न थागेपछि किसान आत्तिएको मौकामा किसानबाट सस्तोमा कुखुरा किन्ने गर्छन्। यस्ता दलालबाट हामी जोगिनुपर्छ।’

दलालको फन्दामा पटकपटक परेपछि उनले अहिले चल्ला र दाना नगद लिने गरेका छन्। कुखुरा पनि आफ्नै हिसावले बिक्री गर्ने उनको भनाइ छ। ‘यसरी काम गर्दा अरुभन्दा राम्रो मूल्य पाएको छु। तर, यहाँ अधिकांश किसान उधारोमा चल्ला दाना लिएर सस्तोमा त्यही साहुलाई कुखुरा बेच्ने बाध्य भएका छन्। यसले किसानलाई ठूलो घाटा हुन्छ’, उनले भने।

उनले बजारमा २४० सम्म मूल्य हुँदा पनि दाना चल्ला दिने साहुले २१० मात्रै मूल्य दिने गरेको बताए। उनले दाना चल्ला दिने साहुबाट जोगिनसके बोइलर कुखुराबाट राम्रो आम्दानी हुने बताए।

आयात हुने कुखुरा अर्को समस्या
कुखुरा पालक किसानको अर्को समस्या भनेको सीमा नाकाबाट आयात हुने कुखुरा रहेको उनको बुझाई छ। प्रशासनले २/४ कुखुरा ल्याउनेलाई पक्राउ गरेजस्तो गरेपनि गाडीका गाडी ल्याउन दिँदा नेपाली किसान मर्कामा परेका हुन्। ‘सीमा नाकामा प्रहरीको निगरानी कमजोर हुँदा हामी समस्यामा छौँ। सेटिङ मिलाएर कुखुरा नेपाल ल्याउन दिने गरेकाले यो समस्या भएको हो,’ उनले भने।पहिलो पहिलो लटमा लटमा काम गर्न नजान्दा धेरै कुखुरा मरे पनि त्यसपछि घाटा नभएको उनको भनाइ छ।

कुखुरा पालक किसानको समस्या भनेको सीमा नाकाबाट आयात हुने कुखुरा रहेको उनको भनाइ छ। प्रशासनले २/४ कुखुरा ल्याउनेलाई पक्राउ गरेजस्तो गरेपनि गाडीका गाडी ल्याउन दिँदा नेपाली किसान मर्कामा परेका हुन्।

‘सुरुमा १०/१२ क्युन्टेल कुखुरा मरेका थिए। मैले बाँकी कुखुरा आफै बजारमा घुमाएर बिक्री गरेँ। दोस्रो लटमा भने राम्रै भएको छ। अहिले चौथो लट हाल्दै छु’, उनले भने, ‘अब आफ्नै कुखुरा कटिङ र पहाडी क्षेत्र खानीडाँडाँ, सहजपुरमा पनि फर्म निर्माण गरिसकेको छु।’

नेपालमै कमाई गर्ने योजना

लाखैंको कमाई छोडेर कृषिमा लागेका हिक्मत अहिले कृषिबाट पनि विदेशमा जस्तै कमाई गर्ने सोचमा छन्। कृषि फर्ममा दैनिक १८ घण्टासम्म खटिने उनी यहाँ पनि मिहेनत गर्न सके विदेशको जस्तो कमाउन सकिने दाबी गर्छन्।

‘बिदेश जस्तो कमाइ त छैन। अरुको नोकर हुन सजिलो छ। अरुले यस्तो गर उस्तो गर भन्दा काम गरिन्छ। बाद्ययताले पनि गरिन्छ। तर, यता तनाब भएपनि आफ्नो काम हो। एक दिन सफल हुन्छु भन्ने विश्वास छ’, उनले भने, ‘अहिले विदेशको जस्तो कमाई नभए पनि म त्यस्तै कमाई हुने बनाउने प्रयासमा छु।’

लाखैंको कमाई छोडेर कृषिमा लागेका हिक्मत अहिले कृषिबाट पनि विदेशमा जस्तै कमाई गर्ने सोचमा छन्। कृषि फर्ममा दैनिक १८ घण्टासम्म खटिने उनी मिहेनत गर्न सके विदेशको जस्तो कमाउन सकिने दाबी गर्छन्।

उनले दुःख विदेशको जस्तै गरिरहेको भएपनि यहाँ आफ्नै घरमा मिठो खाएर काम गर्न पाइएकोमा खुसी लाग्ने गरेको बताए। उनको फर्मममा उनीसँगै अरु पाँच जनाले काम गर्छन्।

राज्यको सहयोग झोलेलाई मात्रै
सुरुमा कृषिमा लागेका उनले राज्यका विभिन्न निकायसँग पनि सहयोगका लागि आग्रह गरेको बताए। उनले सहयोगका लागि विभिन्न निकायमा गए पनि सहयोग कतैबाट नपाइएको बताए। कृषिमा सरकारले सहयोग गर्छ भन्ने आशा मरेको उनले बताए।

‘सुरुमा केही सरकारी निकायमा गएको थिए’, उनले भने ‘स्थानीय तहमा गएपछि प्रदेशमा जा भन्छ। प्रदेशमा गए ज्ञान केन्द्रमा जा भन्छन। ज्ञान केन्द्रले फेरि प्रदेशमा पठाउँछ। अनि दिक्क लागेर म यसमा जानै छोडेँ।’

उनले कृषिको अनुदान नेता र तीनका झोलेले मात्रै पाउने गरेको बताए। उनले भने, ‘कृषिमा समस्या अली नेता र तिनका झोलेहरुका कारणले भएको छ। उनीहरुले झोलामा फर्म दार्ता गरेर बजेट खाने काम गरेका छन्। यस्ता ४/५ जना मैले चिनेको छु।’

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : १७ बजे

एमाले कमजोर भए देश कमजोर हुन्छ : अध्यक्ष ओली

भक्तपुर- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी कमजोर भए देश

वार्ता गर्न गरिमा चौधरीका आमाबाबु काठमाडौं आउँदै

काठमाडौं- बाराको सिमरामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिका गरिमा

चौथो दिन पनि वीरगन्ज–पथलैया सडक अवरुद्ध

वीरगन्ज- तीन वर्षीया बालिका गरिमा चौधरीको हत्याको विरोधमा स्थानीयवासीले शनिबार पनि

लागूऔषधसहित तीन जना पक्राउ

भद्रपुर– झापाको सीमावर्ती क्षेत्रबाट शुक्रबार र आज गरी लागूऔषधसहित तीन

पर्यटक लोभ्याउँदै राक्सिराङको ‘जलपरी झरना’

बागमती– मकवानपुरको राक्सिराङ गाउँपालिका-३ गलमटे केराबारीमा रहेको मनमोहक पर्यटकीयस्थल ‘जलपरी