आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म | Khabarhub Khabarhub

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म


१५ बैशाख २०८१, शनिबार  

पढ्न लाग्ने समय : 4 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

इलाममा ५८ प्रतिशत मतदान

इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि जारी मतदानमा ५८ प्रतिशत मत खसेको छ । प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले करिब ५८ प्रतिशत मत खसेको जानकारी दिए ।

आज उपनिर्वाचन अन्तर्गत मतदान भएको इलाम-२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता छन् । ७९ मतदानस्थलका १४९ मतदान केन्द्रमा मतदान भएको थियो ।

सबै केन्द्रमा शान्तिपूर्ण र उत्साहजनक रुपमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिए। इलाम(२ मा १२ राजनीतिक दलका र सात स्वतन्त्र गरी १९ जना उम्मेद्वार चुनावी प्रतिस्पर्धामा छन् ।

बझाङमा आजै मतगणना नगरिने

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

बझाङमा ४० प्रतिशत मतदान

बझाङमा ४० प्रतिशत मतदान इलाममा ४३ प्रतिशत मत खस्यो

इलाम–२ मा अहिलेसम्म २२ प्रतिशत मतदान

मिलन लिम्बुलाई आयोगले स्पष्टीकरण सोध्ने
इलाम क्षेत्र नं। २ को उपचुनावमा निर्वाचन आचारसंहिता उल्लंघन गरेका उम्मेदवार मिलन लिम्बूलाई निर्वाचन आयोगले स्पष्टीकरण सोध्ने भएको छ । आयोगले इलामस्थित मूख्य निर्वाचन अधिकृतको कार्यालयलाई लिम्बूसँग स्पष्टीकरण सोध्न निर्देशन दिएको हो ।

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का तर्फबाट उम्मेदवार रहेका लिम्बूले पार्टीको चुनाव चिह्न प्रष्ट देखिने ब्याच कोटको कलरमा झुण्ड्याएर इलामको माङसेबुङ-२, दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा रहेको मतदान स्थलको ‘ख’ केन्द्रमा भोट खसालेका थिए ।

निर्वाचन आचारसंहित उल्लंघन गरेका रास्वपा उम्मेदवार लिम्बूलाई के हुन्छ कारबाही ?

इलाम-२ मा रास्वपा उम्मेदवार लिम्बूद्वारा आचारसंहिता उल्लङ्घन

इलाममा फर्जी मत खसाउने प्रयास, निर्वाचन कार्यालयका कर्मचारीलाई समेत ‘अफर’

इलामको एक मतदान केन्द्रमा विवाद, स्वतन्त्र उम्मेदवारका प्रतिनिधिको मुढा खोसियो

आम जनता र समाजवादी जनएकताबीच एकीकरण
आम जनता पार्टी र समाजवादी जनएकता पार्टी नेपालबीच एकता भएको छ । शनिबार एक कार्यक्रमका बीच दुई पार्टीमा एकता भएको हो ।

एकतापछि पार्टीको नाम आम जनता पार्टी र प्रभु साहले नै नेतृत्व गर्ने बताइएको छ । आजपाका अध्यक्ष प्रभु साह र समाजवादी जनएकता पार्टी नेपालका संयोजक नारायण श्रेष्ठले एकताको आधारपत्रमा हस्ताक्षर गरेका हुन् ।

लगानी सम्मेलनलक्षित ऐन संशोधन अध्यादेशको कांग्रेसद्वारा विरोध

‘ओलीले हामीलाई हेप्ने काममात्रै गर्छन्‌ : नेपाल

परिवर्तनकारी शक्तिहरू एकताबद्ध हुनुपर्छ : माधव नेपाल

मुख्यमन्त्री यादवद्वारा आगलागी प्रभावित क्षेत्रको निरीक्षण

आगामी वर्षको बजेट सरकारको प्राथमिकतामा : मन्त्री भण्डारी

जसपा बैठक : राष्ट्रिय महाधिवेशन प्रतिनिधि निर्देशिका पारित

परिषद्को संरचनागत सुधार गर्न मन्त्री चौधरीको निर्देशन

सुनकोसी मरिण डाइभर्सन : सुरुङ निर्माण सम्पन्न, ‘ब्रेक थ्रू’ को तयारी

राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन परियोजनाको सुरुङ निर्माण कार्य सम्पन्न भएको छ । आयोजनाको सुरुङ खन्ने काम करिब सम्पन्न भएको र एकाध सेन्टिमिटर मात्रै बाँकी रहेको छ ।

तराई–मधेसका विभिन्न जिल्लामा बाह्रै महिना सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरु गरिएको निर्माण प्रक्रियामा उल्लेख्य सफलता हासिल भएको हो । यही वैशाख २६ गते विशेष समारोहबीच सुरुङ छिचोलिने छ । सुरुङ ब्रेक थ्रू गर्ने अन्तिम तयारी भइरहेको सम्बन्धित आयोजनाले जनाएको छ ।

रुसी सेनामा भर्ती भएका तनहुँका नौ युवा सम्पर्कविहीन

धनुषाका एक सय ७३ साना उद्योग तथा व्यवसाय बन्द

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

खेल…

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित
नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको छ । नेपालले वेस्ट इन्डिज ए लाई ४ विकेटले पराजित गरेको हो ।

वेस्ट इन्डिजले दिएको २०५ रनको लक्ष्य पछाएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।


नेपालले ६ विकेटको क्षतिमा २०६ रनको योगफल बनाएको थियो । कीर्तिपुरस्थित टीयू मैदानमा विशाल लक्ष्य पछ्याएको नेपालले दोस्रो ओभरको अन्तिम बलमा नै पहिलो विकेट गुमाएको थियो ।

वेस्टइण्डिज ‘ए’ विरुद्ध नेपालका कप्तान रोहितको अर्धशतक

नेपालले दोस्रो विकेट गुमायो, कुशल भुर्तेल आउट

वेस्टइन्डिज ‘ए’ ले नेपाललाई दियो २०५ रनको चुनौती

वेस्टइन्डिज ए ले बनायो २०० रन

नेपाललाई तेस्रो सफलता, वेस्ट इन्डिज ‘ए’ का एलिक अथानाज पनि आउट

वेस्ट इन्डिज ‘ए’ले गुमायो दोस्रो विकेट

अन्तर्राष्ट्रिय…

युक्रेनलाई शक्तिशाली प्याट्रियट इन्टरसेप्टर दिने अमेरिकाको घोषणा
अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग दिने घोषणा गरेको छ ।

यस अन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ, जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ, जसमा प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम समावेश छ ।

उनीहरुको सहयोगले युक्रेनलाई रुसी हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।

अवैध रूपमा उत्तर प्रदेश पुर्‍याइएका ९५ बालबालिकाको उद्धार

भारतका दुई मसाला ब्राण्डमाथि अमेरिकामा पनि अनुसन्धान शुरू

मणिपुरमा चरमपन्थीको आक्रमणबाट दुई प्रहरीको मृत्यु

पाकिस्तानले आर्थिक सुधार गर्दैछ : प्रधानमन्त्री सरिफ

पृथ्वीका नदीमा कति बग्छ पानी ? यसो भन्छ नासा

चन्द्रमा अध्ययन गर्न चीनले चाङ’ई–६ स्याटेलाइट पठाउने

ताइवानमा ६.१ रेक्टरको भूकम्प

प्रकाशित मिति : १५ बैशाख २०८१, शनिबार  ९ : ०० बजे

सहकारी प्रकरणबारे संसदीय छानबिन समिति बनाउनुपर्ने लोसपाको माग

काठमाडौं– लोकतान्त्रिक समाजवादी पार्टीले सहकारीको रकम अपचलनबारे सत्य तथ्य पत्ता

 बागमती प्रदेशसभाको बर्खे अधिवेशन आह्वान

मकवानपुर– बागमती प्रदेशसभाको बर्खे अधिवेशन यही वैशाख ३१ गते दिउँसो

गृहमन्त्रीबारे सिटौला : राजीनामा मागेका छैनौँ, संसदीय समितिबाट ‘क्लिन चिट’ लिनुस्

काठमाडौं– राष्ट्रिय सभामा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले

मन्त्री तामाङको तर्क- पाशुपत क्षेत्र भाषण गर्ने ठाउँ होइन, मन्दिरमा राजनीति नगरौँ

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले पाशुपत क्षेत्र 

जमानत मिलेसँगै केजरीवाल लोकसभा चुनावको प्रचारमा जाने

नयाँदिल्ली- भारतको राजधानी सहर दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई त्यहाँको सर्वोच्च