रोनाल्डोको ह्याट्रिककमा युनाइटेडको रोमाञ्चक जित « Khabarhub

रोनाल्डोको ह्याट्रिककमा युनाइटेडको रोमाञ्चक जित


२९ फाल्गुन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको ह्याट्रिक मद्दतमा शनिबार राति इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले टोटनहमबिरुद्द ३-२ अन्तरको रोमाञ्चक जित निकालेको छ ।

घरेलु मैदान ओल्डट्राफोर्डमा भएको खेलमा १२ औं मिनेटमा रोनाल्डोले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाए । ३५ औं मिनेटमा ह्यारी केनले पेनाल्टीमा गोल गर्दै टोटेनहमलाई बराबरीमा ल्याए ।

खेलको ३८ औं मिनेटमा रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । ७२ औं मिनेटमा युनाईटेडका ह्यारी मग्वाएरले आत्मघाती गोल गरेपछि खेल २-२ को बराबरीमा पुग्यो ।

खेलको ८१ औं मिनेटमा रोनाल्डोले ह्याट्रिक पूरा गर्दै युनाईटेडलाई ३-२ अन्तरको रोमाञ्चक जित निकालेको हो । यस ह्याट्रिकसँगै रोनाल्डोले व्यवसायिक फुटबलमा ८०७ गोल पूरा गर्दै कीर्तिमान बनाएका हुन् ।

जितसँगै युनाईटेडले २९ खेलमा ५० अंक जोडेर चौंथो स्थानमा उक्लिएको छ । टोटेनहम ४५ अंक जोडेर सातौं स्थानमा छ ।

प्रकाशित मिति : २९ फाल्गुन २०७८, आइतबार  ७ : ३५ बजे

गाजामा बालबालिकाको शिक्षा सुनिश्चित गर्न सहयोग बढाऊँ : संयुक्त राष्ट्र

संयुक्त राष्ट्र- संयुक्त राष्ट्र र गाजामा काम गर्ने सहयोगी संस्थाहरूले

काठमाडौं नगर पञ्चायतका पूर्वप्रधानपञ्च महर्जनको निधन

काठमाडौं– तत्कालीन काठमाडौँ नगर पञ्चायतका पूर्व प्रधानपञ्च रिनेन्द्रमान सिंह महर्जनको

‘पार्टीले आधिकारिकता पाइसक्यो, भिन्न मत राख्न जरुरी छैन’

काठमाडौं – नेपाली कांग्रेसले पार्टीभित्र एकता र सद्भाव कायम गर्दै

बानेश्वरमा कांग्रेसको आधिकारिक केन्द्रीय समिति बैठक (तस्बिरहरू)

काठमाडौँ – गगन थापा नेतृत्वको आधिकारिक नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको

बेनी अस्पतालमा शल्यक्रिया सेवा सञ्चालन

म्याग्दी– प्रदेश अस्पताल बेनीमा शल्यक्रियामार्फत गरिने प्रसूति र सर्जरी सेवा